तत्कालिन माआवादी व्यारेकमा कर्णालीका मुख्यमन्त्री


भाद्र १०, सुर्खेत । देश संघीयतामा गएसँगै उनी कणाली प्रदेशका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको दल माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण भएर नेकपा बनेको छ ।

तत्कालिन नेकपा माओवादीले जनयुद्ध गर्दा शाही जनमुक्ति सेनामा कमाण्डर थिए । पार्टी शान्ति प्रकृयामा आएसँगै खुल्ला राजनीतिमा होमिएको माओवादीका तर्फबाट शाही उर्जा मन्त्री पनि बने ।

माओवादी शान्ति प्रकृयामा आएपछि देशका विभिन्न भागमा शिविरहरु स्थापना गरेर माओवादी लडाकुलाई राखिएको थियो । यसैमध्येको एक हो पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका अन्तर्गत पर्ने दशरथपुरमा रहेको तत्कालीन माओवादी लडाकुको शिविर ।

मुख्यमन्त्री शाही, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी सहितको टोली लगेर तत्कालिन लडाकुको शिविरमा पुगेका छन ।

तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएको बेला करिब २ वर्ष उक्त व्यारेकको नेतृत्व गरेर विताएका मुख्यमन्त्री शाही उक्त शिविरमा सेना समायोजन भईसकेपछि मुख्यमन्त्री भएर शाही पहिलो पटक पुगेका हुन ।

आइतबार विहानै मुख्यमन्त्री शाही दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्रमा अत्याधुनिक नर्सरी स्थापना गने लक्ष्य राखेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजना अनुरुप मुख्यमन्त्री सहितको टोली त्यहाँ पुगेको हो ।

‘यहाँको माटोसँग इतिहास जोडिएको छ’ उनले भने, ‘यो इतिहासको संरक्षण गर्न र यसलाई पर्यटकीय गन्तब्यको रुपमा चिनाउन जरुरी रहेको छ ।’ उनले आफूले यसको नेतृत्व गरेका बेला विदेशी विद्यार्थीहरुले लडाकुबारे अनुसन्धान गर्न आउने गरेको बताउँदै यहाँ रहेका सबै संरचनाहरुलाई संरक्षण गर्ने प्रदेश सरकारले बिशेष जोड दिने बताए।

त्यस्तै भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले व्यारेकहरु खण्डहरमा परिणत भएको र सरकारले यसको संरक्षण गर्नुपर्ने बताईन्् । ‘हरेक संरचना करिब करिब खण्डहर भएका छन’ उनले भनिन, ‘गर्विलो त्यो इतिहासलाई बचाउनु प्रदेश सरकारको दायित्व हो र हामी त्यसका लागि आवश्यक कार्य गर्न तयार छौं ।’

२०७५ भाद्र १०,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको