शहिद खुनाको दाहसंस्कार गरियो


भदौं १०, कञ्चनपुर । आन्दोलनको क्रममा भदौ ८ गते ४ बजे तिर प्रहरीको गोली लागी निधन भएका भीनपा– १८, शुभकामनाटोलका वर्ष १४ का सन्नी खुनाको आज विधिवत् रुपमा दाह संस्कार गरिएको छ ।

विहानै पोष्टमार्टम गरी महाकाली अञ्चल अस्पताल बाट शुरु भएको उनको शव यात्रा ब्रह्मदेवको महाकाली घाटमा लगि नेपालको झण्डा तथा राष्ट्रिय सम्मानका साथ उनको दाहसंस्कार गरिएको छ ।

निजको परिवारलाई नेपाल सरकारले शहीद घोषणा गर्नुको साथै १० लाख रुपैया दिने निर्णय गरेको छ त्यसै गरी भीमदत्त नगरपालिकाको तर्फ बाट ३ लाख रुपैया दिने घोषणा भएको छ ।

खुनाको आर्थिक अवस्था कमजोर रहेका कारण उनले कक्षा ३ सम्म मात्र अध्ययन गरेका खुना आजकल मार्बलको काम गर्दै आएका थिए उक्त घटनाको दिन उनले आफुले गरेको मजदुरीको ज्याला लिएर आउने क्रममा गोली लागेको उनकी कान्छी आमा अन्जु खुनाले बताईन ।

उनको आफ्नो आमा भने उनी सानै छदा मृत्यु भएको हो । बुवा विरु खुना भीमदत्त नगरपालिकामा सफाई कर्मचारीको रुपमा कार्यगर्दै आएका छन् ।

अन्तिम संस्कारमा प्रदेश नं. ७ का क्षेत्र नं.१ का प्रदेस सभाका माननीय तारालामा तामाङ्ग, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्द, महिला अधिकार कर्मी तथा समाजसेवी शारदा चन्द लगायत विभिन्न क्षेत्रका व्यक्तित्वका साथै ठुलो जनसहभागिता रहेको थियो ।

१० भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको