ॠषितर्पणी, जनैपूर्णिमा वा रक्षा बन्धन श्रावण महिनाको पुर्णिमाको दिन मनाइने एक बिशेष हिन्दु चाड हो । रक्षा बन्धनको दिन मन्त्रले शुद्ध बनाइएको पहेंलो धागोको डोरी हातमा बाधेर पण्डित अथवा भान्जा वा ज्वाई आदि मान्यजनबाट आशिर्बाद लिने प्रचलन छ । त्यस्तै ब्राह्मणहरुले पनि काँचो धागोले बनेको डोरि ९जनै० लगाउने गर्दछन ।
आजकाल, भारतिय प्रभाबका कारण दाजु भाइले दिदि बहिनिलाई राखि ९रक्षासुत्र० बाँधेर एक अर्काको सुस्वास्थ र दिर्घायुको कामना गर्ने चलन पनि बढ्दो क्रममा छ ।
यसरि रक्षाबन्धन पर्वमा हिन्दु धर्मावलम्बिहरूले शरिर रक्षा तथा आध्यात्मिक शुद्धिका लागि ब्राम्हण पुरोहितद्वारा आ– आफ्ना नाडिमा डोरो बाँधि रक्षा बन्धन मनाउने प्रचलन चलेको छ ।
मन्त्रोच्चारण
पौराणिक ग्रन्थ अनुसार जनै धारण गर्दा निम्न श्लोक पढ्दै लगाउने गरिन्छ ।
ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात ।
आयुष्यमग्रयं प्रतिमुंच शुभं यज्ञोपवीतं बलमस्तु तेज ।।
अर्थात,
यज्ञोपवित ९जनै० सबैभन्दा पवित्र रहेको छ। यस्तो यज्ञोपवित सृस्ट्किर्ता ब्रह्माबाट संसारमा आएको हो । यस्ले धारण कर्ताको बल, बुद्धी, आयु जस्ता कुरामा ब्रिद्धी गर्छ। यो सदैव पवित्रकारक हुन्छ । यो ब्रह्मत्वको परिचयक समेत हो । त्यसैगरी हातमा धागो वा राखि बाँध्दा निम्न श्लोक पाठ गर्ने गरिन्छ ।
येन बद्धो बलिस् राजा दानवेन्द्रो महाबलस्।
तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल॥
अर्थात,
जुन रक्षा बन्धनले दानीहरुमा सर्वश्रेष्ठ राजा बली बाँधिन विवश भए। त्यस्तो पवित्र विशेष विधि विधानले मन्त्रणा गरिएको रक्षा बन्धनले तपाईंलाई बाँध्दै छु । यस रक्षा बन्धनले तपाईंको सर्वत्र रक्षा गर्ने छ ।
हिन्दु संस्कारमा प्रचलित ब्राम्हण, क्षत्रिय आदि समुदायका मानिसहरु यो पर्वमा नयाँ जनै फेर्ने हुनाले यस दिनलाई जनै पुर्णिमा पनि भनिन्छ। यस दिन पुरानो जनै फालेर मन्त्र साधना गरिएको नयाँ जनै लगाउंने चलन छ ।
यस दिन पुरुषहरु ससुरालि गएर आफ्ना ससुराबाट नया जनै लगाउने पनि चलन छ । आजका दिन मुलुकभरका तिर्थस्थलहरू लगायत राजधानिका विभिन्न देविदेवताका मन्दिर परिसरमा ब्राम्हणहरु विहानै देखि बसेर श्रद्धालु भक्तजनहरुका नाडिमा रक्षाबन्धन बाँध्ने गर्दछन ।
जनै बारे किंबदन्ति
हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ।
एक जनैमा ९६ सुता प्रयोग भएका हुन्छन् । नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ । सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ । चार वर्ष पूरा गरी पाँच वर्षमा प्रवेश पछि उपनयन गरी धारण गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवनावधि ९६ वर्ष रहेको कुरा जनाउँछ । यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ।
जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन् । यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन् । त्यस्तै गरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो । हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ । अतस् जनै धारण गर्ने व्यक्तीका लागी अन्य व्याक्तिलाई जनैले धेरै कुराहरूको जानकारी दिई रहेको हुन्छ । जस्तैस्( जनै धारण गरेको व्याक्ति हिन्दू हो भन्ने जनाउने गर्छ, दिशा पिसाब गरेर हात मुख नधोउन्जेल सम्म जनै कानमा राख्ने गरिन्छ यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्याक्ति हात मुख धोएर सुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ ।
जनैमा गाँठो लगाउँदा छुट्टा छुट्टै गोत्र र पर्वर अनुशारको गाँठो दिईन्छ । यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ। यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणीक कालमा सुनको बनाउने गरिन्थ्यो कालांतरमा चाँदीको र अहिले आएर धागोको बनाउन थालिएको भन्ने भनाई रहेको छ ।
जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुदैन ठिक्क नाभी सम्म मात्र हुनु पर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ । सुद्ध जमिनमा उम्रेको कपासलाई सधवा ब्राह्मणी ९ब्राह्मणको पत्नी०ले कातेको धागोको जनै बनाएर जनै पुर्णिमाको दिन वैदिक मन्त्र द्वारा पूजा गरिएको जनै धारण गर्नु पर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ ।
परिवर्तन
आधुनीकिकरण तथा बिश्वव्यापीकरण संगै पौराणिक एवंम् शास्त्रीय धार्मिक ग्रन्थहरू माथिको बिश्वासमा क्षयीकरण हुदै गएको छ । ज्ञानको अथाह श्रोत संस्कृत, गिता, भागवत, रामायण नैतिक शिक्षाजस्ता बिषयबस्तुमा पछिल्लो युवा पुस्ता निष्कृय बन्न पुगेको छ ।
बिशेष पर्बहरूलाइ कम महत्व दिनाले धार्मिक तथा साँस्कृतिक परम्पराहरू क्रमश लोप हुदै जानुले धार्मिक अभियन्ताहरूले चिन्ता ब्यक्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस