गृहमन्त्री बादलको प्रशासनमा लागेको ‘निरकुशधारी कालो बादल’


कम्युनिष्ट सरकारका ह्यान्डसम गृहमन्त्री ‘बादल’

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ संग एउटा युद्दको साहसिक कथा जोडिएको छ। त्यो कथा हो १० बर्षे जनयुद्ध। त्यहि युद्दले उनलाई आज गृहमन्त्री बनाउन सफल भयो ।

बादलको व्यक्तिगत छवीमा एउटा गाम्भीर्यता भेटिन्छ । भद्र, गम्भीर अनि शालीन स्वभाव।

युद्दबेला उनको ‘हेव्भी पर्सनालिटी’ देखेर धेरै युद्द कर्मीहरु मोहित हुन्थे । उनको स्कुलिङ अर्थात् प्रशिक्षणमा पनि त्यस्तै गाम्भीर्यता भेटिन्छ । शालीन र शान्त भएर बोल्ने, हतोसाहित नहुने प्रष्ट बक्ता हुन्, उनलाई सुन्नेहरु विश्वस्त भएरै छाड्छन।

उनको भुल्नै नहुने एउटा पक्ष ‘ह्यान्डसम’ हो। सायद उनको लुक्स देखेर युद्दमा नारीवादीहरु कति फिदाह भए होलान, त्यो त उनको इतिहासले बताउछ। उनको यो एउटा सुन्दर पक्ष हो, अहिले पनि सारै ह्यान्डसम लाग्छ। कुर्सीमा बसेको जनजाति केटो उत्तर कोरियाको साहसिक किम जोंग जस्तो लाग्छ।

जनयुद्दमा शैन्य रणनीतिकार तथा कुशलताको रुपमा बादललाई लिइन्थ्यो। उनले रसियामा शैन्य बिज्ञान अध्यन गरेको कारण होला, दुश्मनहरु बादलको नाम सुन्दा हायल कायल हुन्थे । उनका छापामार दस्ताहरुमा उच्च मनोबल थियो । युद्द जित्न मनोबलको ठुलो भूमिका हुन्छ । जनयुद्दले शैन्य क्षेत्रमा हासिल गरेको उच्च सफलताको एउटा पाटो राम बहादुर थापा ‘बादल’को प्रभावले जन्माएको उच्च मनोबलको परिणाम मान्न सकिन्छ ।

पछिल्लो समय कम्युनिष्टको बमुमतको सरकार गठन भएपछी बादललाई गृहमन्त्रालयको जिम्मा दिइयो । यसले पनि धेरैलाई उत्साहित बनायो । उनको छवी युद्द स्तरमा तुलना हुँदै थियो । बिशेषगरि यातायातमाथिको सिण्डिकेट तोड्ने उनको कदमलाई धेरैले साथ् दिए।

तर यति बेला गृहमन्त्री बादलको सुरक्षा ब्यबस्था माथि नै बादल लाग्न थालेको छ । उनका प्रहरी प्रशासनलाई निरंकुशधारी कालो बादल लाग्न थालेको छ । सायद अब उनको घडीको सुईले असक्षमताको समय बोकेर हिड्न थाल्यो ।

सैन्य बिज्ञानमा पास भएका बादल बर्षदिन नपुग्दै सुरक्षा ब्यबस्थामा फेल हुँदै छन् ।

आज देशकै असक्षम गृहमन्त्रीको आरोप लागेको छ । बिकल्पमा राजीनामा ढोका अगाडी उभिएको छ। प्रधानमन्त्री केपी ओलीको भाषामा भन्नु पर्दा कंचनपुरका एसपी डिल्लीराज विष्टले गृहमन्त्री बादलको दाँतमा खिडिक्क ढुंगा बनेर आइदिए। अब उनलाई चपाउनै गाह्रो भएको छ।

सुरक्षा ब्यबस्थामा देखिएको ‘निरकुशधारी कालो बादल’

कम्युनिष्ट सरकार बनेपछि विपक्षी दलहरुले लगाउने गरेको एउटा संगिन आरोप हो, ओली सरकारले लादेको ‘निरंकुश तथा तानाशाही ब्यबस्था’ । खासमा कम्युनिष्ट ब्यबस्था तानाशाही स्वरूपको जस्तो देखिए पनि अन्तरगुदीमा कानुन बिपरित रहेर निरंकुश तथा तानाशाही रवैया चाहि मच्चाउदैन।

खासमा साम्यवादी ब्यबस्था भित्र साझा बिचारहरुको अभिव्यक्त हुन्छ र सबैको साझा अनि सम्मान अस्तित्व हुन्छ।

तर कंचनपुरको घटनालाई नियाल्दा नेपालको कम्युनिष्ट सरकार निरंकुश तथा तानाशाही नै हो कि ? भनेर सोच्नु पर्ने बेला आएको छ । न्यायको आवाज दबाउन एक किसोरलाई गोलि ठोक्नुले यसको झल्को दिएको छ।

निरंकुश भनिएको राजतन्त्र ढालेर गृहमन्त्री बनेका राम बहादुर थापा ‘बादल’को प्रहरी प्रशासनमा ‘निरकुशधारी कालो बादल’ मडारिएको देख्दा देशवासीहरु आश्चर्यमा छन्। यस्तो निरंकुशता ब्यूताउने हर्कतले देशको सुरक्षा निकाय माथि गम्भीर प्रश्न उठाएको छ।

निर्मला पन्तको वास्तविक बलात्कारीलाई लुकाउने र नक्कली अपराध खडा गर्ने सम्मको जुन घृणित कार्य भयो, यसले सुरक्षा निकायमाथि ठुलो अविश्वास उब्जाएको छ । देशको सुरक्षा ब्यबस्थालाई यसरि निकम्मा बनाउने एसपी डिल्लीराज विष्टहरु निरंकुश ब्युझाउने निरंकुशधारी स्वरूपहरु हुन, यस्ता निरंकुशधारीहरुलाई राज्यले कसरि तह लाउछ त्यो भने हेर्न बाँकि नै छ।

१३ बर्षिया निर्मलाको बलात्कार घटनाले महिनौ दिन सम्म न्याय पाउन त सकेन तर विडम्बना घटनाले ठिक उल्टो दिशा लियो। निर्मला पन्तको हत्या भएको २४ दिनपछि भदौ ४ गते मृतक निर्मला पन्तकै गाउँको एकजना मानसिक अवस्था ठीक नभएको ४१ वर्षीय दिलिपसिंह विष्टलाई प्रहरीले बलात्कारी एवं हत्यारा भन्दै सार्वजनिक गर्‍यो, जो नक्कली अपराध जबर्जस्त उभ्याएर सक्कली अपराधीलाई लुकाउने अपराध प्रहरीले नै गर्यो।

एसपी डिल्लीराज विष्टको छोराले निर्मलाको हत्या गरेको हुन सक्ने स्थानीयहरुको संकालाई दबाउन बिष्टले अर्ध मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई हतियार बनाएर अपराधी ठहर गर्दै किन घोषणा गरे ? कंचनपुरबासीको आन्दोलनको ध्ययमाथि गहिरो छानबिन नगरी, घटनालाई अन्तै मोड्न एकोहोरो दबाब दिनु, निरंकुश मानसिकताको पराकाष्टा हो की होइन ? भन्ने बिषयहरु शंकास्पद छन् ।

उक्त कुराको सच्चाई खोज्दा आज गोलि ठोकेर प्रहरी प्रशासन निरंकुश किन बन्यो ? गृहमन्त्री बादल कुन नैतिकता लिएर अझै पनि गृहमन्त्रालयमा भत्ताको मुख हेरेर बसेका छन ? यदि उनीमा नैतिकता छ भने राजीनामा दिनु पर्दैन ?

बलात्कारको घटनामा शंकास्पद व्यक्ति माथि छानबिनको माग गर्नु कानुन वा न्याय संगत छ। तर गृहमन्त्रीका भाडाका प्रहरीहरु छेउ न टुप्पो पारेर घटनालाई मोड्दै अन्तै छानबिनतिर किन लागे ? यसले थप शंका उब्जाएको छ ।

एसपी डिल्लीराज विष्ट जस्ता कैयौ निरंकुशधारीहरु राम बहादुर थापा ‘बादल’को प्रशासनमा विराजमान छन। यस्ता निरंकुशधारिहरुलाई तह नलाउदा सम्म देशको सुरक्षा व्यवस्थामाथि बिश्वास गर्ने कुनै आधारहरु छैनन।

अब गृहमन्त्री बादलको आगामी कदमले उनको सक्षमता र असक्षमताको प्रतिफल दिनेछ। त्यसका लागि कि त बिष्टहरुलाई कठोर सजाय दिन सक्नु पर्छ, कित खुरुक्क राजीनामा दिनु पर्ने हुन्छ।

देशभरी गृहमन्त्री राम बहादुर थापा ‘बादल’को सक्षमता माथि प्रश्न उठेको छ। देशमा एउटा चरम अन्तरविरोध जन्मिएको बेला चारैतिर ‘जनप्रतिनिधि सेवक होइनन, लुटेरा हुन’ भन्ने भान परेको छ। यस्तै बेला राज्यको सुरक्षा प्रशासनले देखाएको ताण्डवले नागरिकहरुमा थप आक्रोस बढ्दै गएको छ।

स्मरणीय होस, ‘जनप्रतिनिधिहरु जनताका सेवक होइनन, शासक हुन्’ भन्ने बुझाई जब आम नागरिकको मस्तिष्कमा पर्न जान्छ र प्रहरी प्रशासनले एउटा अपराधि लुकाएर निर्दोष व्यक्तिलाई हत्यारो ठहर गर्छ तव त्यहाँ अराजक जन्मिन्छ र घनघोर युद्द चर्किन्छ, अनि अशान्ति त्यहि मच्चिन्छ ।

र मान्छेहरु मृत्युलाई हत्केलामा राखी जीवन मरणको लडाई लड्न तयार हुन्छन । १० बर्षे जनयुद्द यसको एउटा गतिलो उदाहरण हो। यसको प्रत्यक्ष भोगाइका पात्र हालका गृहमन्त्री बादल नै हुन।

सुरक्षा कर्मीहरु आफ्नो संयमता गुमाउदै गएका छन् । बेहोसीमा अन्धाधुन्ध गोलि चलाउदै छन्। अशान्तिको भुमरीमा देश फस्दै छ र अब असक्षमताको समय बोकेर गृहमन्त्री बादलको घडीले सुई घुमाउन थालेको छ।

आर्कोतिर शान्तिकाल पछी राजनीतिक धुर्वमा पुनः बिद्रोहको धारमा उदाएको विद्रोही पक्ष विप्लब नेतृत्वको नेकपा रुष्ट बन्दै गइरहेको छ। राज्य सत्ता भित्र प्रशासनले देखाएको रबैयाले विप्लवको सशस्त्र संघर्षलाई मलजल भैरहेको छ। राज्य द्वारा देखाइने यस्तै खाले मनोहटले देश गृहयुद्दमा धुर्विकरण हुने निश्चित झैँ छ।

युद्द भोगेर आएका युद्द नायक प्रचण्ड, बादलहरुमा बालहट देखिन्छ । केपी ओलीको मनोहट दुनियाले बुझेको छ । असन्तुष्ट पक्षलाई सन्तुलित बनाउने भन्दा चिड्याउने र दबाउने हर्कतले देशको शान्ति सुरक्षा गम्भीर बन्दै गएको छ ।

यसरि राणा शासन हुँदै पंचायती ब्यबस्था तथा राजतन्त्रका पहरेदारहरुले आफ्नो संयमता गुमाउदा आफु संग भएको ब्यबस्था समेत गुमाउनु परेको इतिहास हाम्रो अगाडी छ। यो कुरा ओली सरकारले बेलैमा नबुझे गृहयुद्द्को कारण यहि सरकार बन्न सक्छ ।

आन्दोलन भड्काउने गैरजिम्मेवार अभिव्यक्तिहरु

देशका असल शासकहरु बोल्दा १२ पटक नापेर एक पटक बोल्नु पर्ने हो तर बस्तुको गहिराइमा नपुगेर सतहमै बर्बराउने अभिव्यक्तिले असन्तुष्ट पक्षलाई चिड्याउने गर्छ।

देशको मुख्य मुद्दा भनेको बलात्कार हो। बलात्कारको घटनालाई निर्मुल पार्दै, पिडितलाई कसरि न्याय दिने भन्ने बारे प्रशासन जिम्मेवार देखिदैन। सिङ्गो देश र नागरिकको भविष्य बोकेर मुलुक हाँक्ने हाम्रा सासकहरुको कच्चोपनाले पनि आज देशमा चारैतिर हिंसा भड्किन सहयोग पुगेको छ।

केहि दिन पहिले बलात्कारका घटनालाई लिएर नेकपाकै एक सांसदले गैरजिम्मेवारी अभिव्यक्ति दिए। ति सांसद नामर्द पुरुष सासंद नभई एक महिला सांसद थिइन् । बलात्कार घटनालाई राजनीतिक रङ्ग दिंदै सांसद शशी श्रेष्ठले यसरि बोलिन, ‘अहिले बहुमत प्राप्त कम्युनिष्ट पार्टीको सरकार छ। यसलाई असफल बनाउनका लागि षडयन्त्र त भएको छैन? म सरकारको ध्यानाकर्षण गराउँछु।’

उनको आशय थियो, कम्युनिष्ट सरकार असफल बनाउन, १३ बर्षे निर्मला लगायत अन्य बलात्कारका घटनाहरु घटे भन्ने तुच्छ मानसिकता जाहेर गरिन।

त्यस्तैगरि बलात्कार काण्ड बिषयमा कंचनपुरमा आन्दोलन चर्किएको थियो । स्थानीयवासीहरु शंकास्पद व्यक्तिहरुलाई छानबिन गर्न माग गरे अनुसार ति व्यक्ति माथि छानबिन हुने भन्ने भएपछी आन्दोलन केहि मत्थर बन्दै गएको थियो ।

तर यहीक्रममा शुक्रबार बिहान ऋषि धमलासँगको अन्तरवार्तामा नेकपाका नेता भिम रावलले यस्तै गैरजिम्मेवारी अभिव्यक्ति दिए ।  उनले भने- ‘नेपाली कांग्रेसका केही मानिसहरुले जनतालाई उत्तेजित बनाएर अपराधमाथि ढाकछोप गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता, त्यहाँका जनप्रतिनिधिलाई आक्रमण गरिरहेका छन्, त्यो निन्दनीय छ।’ भन्ने अभिव्यक्ति दिएपछि कंचनपुरको आन्दोलनले हिंसात्मक रुप लिएको थियो।

त्यसपछि आन्दोलनकारीहरु आक्रोसित बन्दै गएका थिए र शुक्रबार साँझ प्रहरीको गोलीले भीमदत्त नगरपालिका-१८ भगतपुरका १७ वर्षे किशोर सन्नी खुनाको ज्यान गयो। ३० भन्दा बढी प्रर्दशनकारी घाइते भए।

यसरि बलात्कार जस्तो जघन्य अपराधलाई राजनीतिक रङ्ग दिएर महिला तथा बालबालिकाहरुको जिन्दगि संग सरोकार राख्ने मुद्दाबाट पन्छिन खोज्ने, वा भाग्न खोज्ने यी नेता तथा सांसदहरुको कच्चो मानसिकताहरुले जनमानसमा बिखन्डन निम्त्याएको छ, नागरिकहरुलाई आक्रोसित बनाएको छ।

बिना आधार सतहमै रहेर राजनीतिक आक्षेप लगाउनु उनको कत्तिको परिपक्व चेतना हो ? यसले कस्तो संदेश दिन्छ ? अनाहकमा राजनीतिक मुद्दा तिर डाइभर्ट गर्नु कुन नैतिकताले दिन्छ ?

देशमा दिनप्रतिदिन घट्ने बलात्कारका घटनाहरु प्रति राज्यको यस्तै उदासीनताले राज्यलाई सुरक्षाको भिख माग्दै महिलाहरु नांगिने अवस्था आइसक्यो । तर पनि राज्यले मुद्द्लाई किन गम्भीरताक साथ लिंदैन ?

यस्तै संयमता बिनाका अपरिपक्व अभिव्यक्तिहरुले वा कच्चो नेतृत्वले देशलाई युद्दतिर डोर्याउने निश्चित छ। बेलैमा चेतना भया ।

 

१० भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको