यसरि चल्दैछ गृहजिल्ला रोल्पामा दिल बहादुर उद्दार अभियान


चोम बिष्ट, रोल्पा

रोल्पा उद्योग बाणिज्य संघ रोल्पाले साउदी जेलमा ब्लडमनि सजाय भोगिरहेका दिल बहादुर घर्तीको उद्दारका लागि आर्थिक संकलन अभियान थालनी गरेको छ ।

यहि जेठ ५ गते आइतबार बसेको बैठकले निर्णय पारित गरि दिल बहादुरलाई उद्दार गर्न आर्थिक संकलन अभियान थालेको निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीले बताए।

रोल्पाको पुर्वी बेल्टमा रहेको सुलिचौर रुइनिबाङ बजार क्षेत्रमा रोल्पा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीको नेतृत्वमा आर्थिक संकलन भैरहेको छ। उक्त अभियानमा संघका महासचिव मिलन रोका मगर, कोषाध्यक्ष निम बहादुर थापा, सदस्यहरु साजन कुमार थापा, केशव थापा, मन बहादुर गिरि, हलिम मिया लगाएत स्थानीय बजारको बाक्लो उपस्तिथिमा आर्थिक संकलन भैरहेको छ ।

दिल बहादुर उद्दारको लागि सक्दो आर्थिक सहयोग गर्न रोल्पा उध्योग बाणिज्य संघले सबैमा अपिल समेत गरेको छ ।

साउदी अदालत अनुसार दिल बहादुर घर्तिले साउदी स्थानिय नागारिक मारेको अभियोगमा करिब ६५ लाख नेपाली रुपियाँ ब्लड मनि तिर्नु पर्ने छ । उक्त रकम संकलन गर्न देश बिदेशबाट विभिन्न संघ संस्थाहरु आर्थिक संकलन अभियान जुटेका छन ।

१२ जेष्ठ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको