दशगजा मिचेर भारतीय पक्षद्वारा सडक निर्माण


पुस १०, मोरङ । जहदा गाउँपालिका(१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत(४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो ।

विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरिएको छ।

२०७५ पुष १०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको