क्याम्पस प्रमुखले देखावटी टेण्डर प्रक्रिया पूरा गरेर गरेको भाडा सम्झौता रद्द


मङ्सिर ९, भक्तपुर । शिक्षा मन्त्रालयले आफ्नो जग्गाको संरक्षण गर्दै सानोठिमी क्याम्पसले दिएको ठेक्का रद्द गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै क्याम्पसले भाडामा लगाएको जग्गाको सम्झौता रद्द गर्ने निर्णय गरेका हुन् ।

क्याम्पसले पेप्सीकोला ठिमी जाने मुल सडकसँग जोडिएको १३ रोपनी जग्गा प्राणनाथ क्याफेलाई क्याटरिङ र रेस्टुरेन्ट सञ्चालन भाडामा दिएको थियो। शिक्षा मन्त्रालयबाट शैक्षिक गतिविधि गर्न क्याम्पसले भोगचलन गरेको जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा भाडामा लगाएको थियो। चौतर्फी विरोध भएपछि शिक्षामन्त्री पोखरेलले सम्झौता रद्द गर्ने निर्णय गरेका हुन्।

क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले नेकपाका नेताहरुको लगानी रहेको क्याफेलाई देखावटी टेण्डर प्रक्रिया पूरा गरेर भाडामा लगाएका थिए। १४ लाख खर्चेर बनाएको तीनकोठे शिक्षक आवाससमेत ठेक्का पाउने क्याफेले नै प्रयोग गर्ने गरी क्याम्पस प्रमुख घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका थिए।

निर्णय यस्तो थियो :

श्री ५ को सरकार शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय भण्डार तथा सम्पत्ति व्यवस्थापन शाखाको संकेत नं. सं. ९४/०५२ च.न. ३८६ मिति २०५२।३।२३ को निर्णयानुसार क्याम्पसलाई उक्त चर्वि आएको जग्गाको स्वामित्व श्री ५ को सरकारमा नैं रहनेगरी बेचबिखन, हकहस्तान्तरण, दानदातव्य केही गर्न नपाउनेगरी भोगचलनसम्म गर्न दिने निर्णय भएकोले निर्णयानुसार गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।

अगाडी प्रकाशित समाचार :

सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा कौडीको भाउमा भाडामा

९ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको