सानोठिमी जग्गा प्रकरण : क्याम्पस प्रमुखको घरमा अखिल(क्रान्तिकारी)ले टाग्यो कालो ब्यानर


मङ्सिर ९, भक्तपुर । सानोठिमी क्याम्पसको मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको भन्दै कीर्तिपुर स्थीत क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको घर तथा क्याम्पस गेटमा क्याम्पस प्रमूखलाई सामाजिक बहिष्कार गरौ भन्दै अखिल(क्रान्तिकारी) भक्तपुरले कालो ब्यानर टागेको छ ।

भू माफियाहरु संगको मिलेमतोमा सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा कौडीको भाउमा बेचेको , कर्मचारी नियुक्ति र प्राध्यापक करार नियुक्तिमा घुस लिई नियुक्ति गरेको, क्याम्पसको भौतिक संरचना निर्माण सामग्री खरिद गर्दा आर्थिक अनियमितता गरेको र शैक्षिक गुणस्तरलाइ ख्यालमा नराखी क्याम्पसलाई निजीकरण गरेको भन्दै क्याम्पस प्रमूखलाई बहिष्कार सहितको कालो ब्यानर टागिएको अखिल(क्रान्तिकारी) भक्तपुरका जिल्ला सचिव  मानबहादुर डाँगी ले बताए ।

यो भन्दा अगाडी प्रकाशित समाचार 

सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा कौडीको भाउमा भाडामा

२०७५ मंसिर ९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको