मङ्सिर ९, जापान । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानको पाँचौ बिस्तारित बैठक आइतबार सम्पन्न भएको छ ।जापानको मुख्य शहर टोकियोमा संगठनका अध्यक्ष कमल बाँठाको सभापतित्वमा बैठक सम्पन्न भएको थियो ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा सामज केन्द्रीय अध्यक्ष तथा जापानका सल्लाहकार सन्दिप थापा बैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए, भने केन्द्रिय उपाध्यक्ष तथा जापानका सल्लाहकार बसन्ती घर्तिमगर अतिथी रहेका थिए ।
बैठकले सांगठनिक सुदृढिकरण अन्तर्गत जिम्मेवारीमा हेरफेर गर्दै केहि सदस्यहरु थप गरेको अध्यक्ष कमल बाँठाले जनाए ।बैठक द्वारा संस्थाको सल्लाहाकारमा कुबेर वलीलाई मनोनित गर्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानले सङ्गठन बिस्तार र आर्थिक सुधार योजना अन्तर्गत केहि महत्वपूर्ण योजनाहरु बैठकले पारित गरेको सल्लाहकार सन्दिप थापाले जानकारी दिए ।
संगठन सुदृढ तथा बिस्तार कार्यक्रम अन्तर्गत जापानका विभिन्न क्षेत्रलाई मध्यनजरगरि क्षेत्रीयस्तरको संगठनहरु निर्माण गर्ने योजना ल्याएको समितिले जनाएको छ । यस लगायत आर्थिक योजना, सदस्यता र परिचय पत्र वितरण, लेबीको ब्यबस्थापन बिषयमा योजना तर्जुमा गरेको छ ।
विभिन्न विभागहरु निर्माणगरि कार्यविभाजन सहित जिम्मेवारी बांडफांड गरेको अध्यक्ष कमल बाँठाले बताए ।
प्रतिक्रिया दिनुहोस