रोल्पाको शिक्षक नियुक्ति विवाद: दुवै पक्ष उपस्थित हुन सर्बोच्चको आदेश


मङ्सिर ९, रोल्पा । रोल्पा गंगादेव गाउँपालिका अन्तर्गतका प्राथमिक तहका ९ वटा बिद्यालयमा करार शिक्षक नियुक्ति बारे उत्पन्न भएको विवाद सर्बोच्च अदालत सम्म तानिएको छ ।

करार शिक्षक नियुक्तिका लागि २०७५ साल आश्विन २१ गते भएको परिक्षा शिक्षा नियमावली अनुरुप नभएको भन्दै परिक्षामा सहाभागी ९ जना परीक्षार्थीले सर्बोच्चमा रिट निबेदन हालेका थिए । उक्त मुद्दाउपर सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सर्बोच्च अदालतमा रिट निवेदकको तर्फबाट बरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी, कपिलचन्द्र पोख्रेल र कान्तिराम ढुङ्गानाले बहस गरेका थिए । त्यसअनुसार दुवै पक्षलाई राखी बहस छलफल गर्नु पर्ने भएको भन्दै सर्वोच्च अदालतले अन्तरीम आदेश छलफलको लागि मङ्सिर १३ गते तारिख तोकेको छ ।

प्राप्त आदेश पत्र अनुसार यस बिषयमा छलफल नभए सम्म नियुक्ति बिषयमा कुनै पनि निर्णय कार्यान्वयन नगर्न विपक्षीहरुको नाँउमा सर्बोच्च अदालत नियमावली २०४९ को नियम ४९ को २ (ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश दिएको छ । यससंगै संबन्धित निवेदक र विपक्षीहरु मङ्सिर १३ गते सर्बोच्च अदालतमा उपस्थित हुने भएका छन् ।

सर्बोच्च अदालतमा रिट दिनेहरु आनन्द कुमार वली, उषा खड्का वली, राज कुमार वली, दिपा कुमारी वली, लाल बहादुर घर्ति, टिका डाँगी, टिका जंग खड्का, अनिता केसी, सिता कुमारी वली रहेका छन् ।

हेर्नुहोस सर्बोच्चको आदेश पत्र:

 

९ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको