मंसिर ९, दाङ । दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ।
रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो।
दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ। जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ।
एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए। नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा १ज १२३ नं को एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ।
प्रतिक्रिया दिनुहोस