स्मार्ट इन्फोटेकले गर्यो कम्प्युटर अपरेटरहरुसँग छलफल


मङ्सिर ९, काठमाडौँ । स्मार्ट इन्फोटेक कीर्तिपुरले आफ्नो इन्स्टिच्यूटमा अध्ययन गरि निजामति सेवामा प्रवेश गरेका कम्प्युटर अपरेटरहरुसंग छलफल गरेको छ ।

निजामती सेवामा कम्प्युटर अपरेटर पद खारेज गर्ने हल्ला चलिरहेकाबेला स्मार्ट इन्फोटेकले शनिबार देशका विभिन्न कार्यालयमा सिफारिस भएका कम्प्युटर अपरेटरहरूसंग छलफल गरेको हो । स्मार्ट इन्फोटेकले कम्प्युटर अपरेटरहरुबीचको एकता कायम राख्ने उद्देश्यले गरिएको यो छलफल कार्यक्रम भने तेश्रो रहेको छ  ।

निजामती सेवामा कम्प्युटर अपरेटर पद खारेज नगर्न माग गर्दै स्मार्ट इन्फोटेकले केहिसमय अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय श्री लालबाबु पण्डितलाई ज्ञापन-पत्र बुझाएको स्मार्ट इफोटेकले जानकारी दिएको छ । साथै सामाजिक सञ्जा्ल (फेसबुक) मा ‘कम्प्युटर अपरेटर दबाब समूह’का माध्यमबाट दबावमुलक अभियानसमेत चलाइएको थियो  ।

कम्प्युटर अपरेटरहरुको एकताकै लागि यही मंसीर १५ गते शनिबारको दिन आयोजना गरिएको पिकनिक कार्यक्रममा फेसबुक ग्रुप COIN (Computer Operators in Nepal) सँगै स्मार्ट इन्फोटेकको पनि सक्रिय सहभागिता हुने स्मार्ट इन्फोटेकले जनाएको छ ।

यस वर्षको लोकसेवाको परीक्षामा स्मार्ट इन्फोटेकबाट मात्र ५० जना बढी कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदबाट निजामति सेवामा प्रवेश गरेको स्मार्ट इन्फोटेकले जनाएको छ ।

९ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको