दाङमा भेटिएको शब शंकास्पद देखिएपछि पोष्टमार्टमाका लागि काठमाडौं पठाईयो


कात्तिक ८, दाङ । दाङमा फेला परेको शव शंकास्पद देखिएपछि परीक्षण गर्नका लागि काठमाडौं पठाईएको छ ।

बुधबार विहान ११ बजेतिर दाङको राप्ती गाउँपालिका १ स्थित राप्ती नदी किनारमा भेटिएको शब शंकास्पद भएकाले शब परीक्षणका लागि काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक कृष्णहरी शर्माले बताए ।

उनको टाउकोमा गहिरो चोट लागेकाले उनको हत्या भएको हुन सक्ने भन्दै बिस्तृत अध्ययनका लागि काठमाडौंको टिचिङ् अस्पतालमा पठाईएको प्रहरी उपरीक्षक शर्माले बताए ।

करिब ४० बर्षका उनको पहिचान भने हुन् सकेको छैन् । शब पहिचानका लागि उनको फोटो खिचेर दाङसहित राप्ती अर्घाखाँची जिल्लामा पनि खोजी तिब्रता दिईएको प्रहरीले बताएको छ ।

राप्ती नदी किनारामा निर्माण गरिएको तडबन्धमा झुण्डिएको अवस्थामा शब फेला परेको हो । यस अघि पनि भालुबाङको निर्माणधिन बसपार्क नजिक एक बृद्धको शब फेला परेको थियो । ती बृद्धको शब अहिलेसम्म पनि सनाखत हुनसकेको छैन् ।

८ कार्तिक २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको