रोल्पामा खुकुरी प्रहार गरेर श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या


कात्तिक ८, रोल्पा । रोल्पामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती ३९ वर्षीय देविसराको हत्या गरेका हुन् । गय राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घरायसी विवादमा श्रीमती लाई उनले खुकुरी प्रहार गरेका हुन । प्रहरीको प्रारम्भीक अनुसन्धानका अनुसार सुकलालको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

२०७५ कार्तिक ८,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको