अस्ट्रेलियाबाट डा. निरौलाले ल्याए देउसी भैलो गीत


कार्तिक ८, काठमाडौं । नजिकिंदो तिहारको अवसर पारेर अस्ट्रेलिया निवासी सर्जक तथा गायक डा. रामकृष्ण निरौलाले देउसी भैलो गीत सार्वजनिक गरेका छन् ।

निजान केसी फिल्मसको ब्यानरमा रेणुका देवी निरौलाको शब्द रहेको लौ ‘फेरि आयो तिहार’ लाई डा. निरौला लगायत लक्ष्मण गुरुङ, रोहित अधिकारी, सिता केसी थापा र इन्दुका गुरुङले स्वर दिएका छन् ।

भिडियो सहित बजारमा आएको उक्त देउसी गीतको स्वर संगीत र शब्दमा जति मिठास छ, परम्परागत नेपाली देउसी गीतको मौलिकतालाई कायम राख्न भिडियोमा पनि उत्तिकै मेहनत गरेको देखिन्छ ।

आसी थापाको निर्देशनमा अस्ट्रेलियाको एडिलोडमा छायांकन गरिएको छायांकन गरिएको भिडियोमा आकृति बुढाथोकी गुरुङ ,एलिना पाण्डे ,अंकुर उपाध्याय लगायत २७ जना कलाकारले अभिनय गरेका छन् । प्रवासमा छायांकन गरिएको भिडियो भएता पनि ठेट नेपाली परिवेशलाई प्रस्तुत गरिएको छ । कलाकार भेषभुषा देखि छायांकन स्थलको सजावटले समेत नेपालको झल्को मेटाउने छ ।

अस्ट्रेलियामा रहेर डाक्टर रिसर्च गरिरहेका निरौलाले नेपालमा रहँदा कलानिधी संगीत बिद्यालयबाट डेढ वर्ष संगीतको अध्ययन गरेका थिए । निरौलाको केही समय अघि काजीको घोडा नामक गीत सार्वजनिक भएको थियो भने २०१४ मा आफ्नै बुबाको शब्दमा भजनको एल्बममा स्वर दिएका थिए ।

हेरौं यो मौलिक देउसी भैलो भिडियो

 

८ कार्तिक २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको