कात्तिक ८, काठमाडौँ । साउदी पत्रकार जमाल खशोग्गीको हत्याको मामलामा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले सबै ‘अपराधी’ लाई सजायँ दिइने बताएका छन् ।
राजधानीमा बिजनेससम्बन्धी भएको फोरममा मोहम्मद बिन सलमानले भने ‘यो अपराध दुःखदायी हो ।’ उनले टर्कीसँग कुनै मनमुटाव नराख्ने पनि बताएका छन् ।
दूतावासमा खशोग्गीको हत्याको कुरा साउदीले स्वीकारेपछि पहिलो पटक उनले यसबारे बोलेका हुन् । उनले भने, ‘यो हत्या एक जघन्य अपराध हो जसलाई उचित मान्न सकिँदैन । अन्त्यमा न्यायको नै जित हुनेछ ।’
अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो । साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्वीकार गरेको थियोे ।
प्रतिक्रिया दिनुहोस