असोज ९, दाङ । अर्घाखाँचीमा भएको सडक दुर्घटनामा परि दाङका एक युवकको ज्यान गएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् ।
प्रसिद्ध धार्मिक स्थल सुपा देउराली गएर फर्किने क्रममा रा ४ प ७८७४ नम्बरको मोटरसाइकललाई बिपरित दिसाबाट आउँदै गरेको मोटरसाइकलले अर्घाखाँचीको पथरकोट भन्ने स्थानमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा दाङ देउखुरीको राप्ती गाउँपालिका पाँच करङ्गेकोटका २४ वर्षिय रेवन्त थापा मगरको ज्यान गएको छ । दुर्घटनामा सोही ठाउँ निवासी २० वर्षिय झविन्द्र थापा मगर गम्भीर घाइते भएका छन् ।
घाइते थापाको तौलिहवामा उपचार भइरहेको स्थानीय बासी शान्तराज बुढामगरले जानकारी दिएका छन् । बिपरित दिसाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरिले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल प्रहरिले आफ्नो नियन्त्रणमा लिएको र त्यसमा सवार अन्य दुईजनाको उपचार भइरहेको भएपनी नाम ठेगान नखुलेको स्थानीय शान्तराज बुढामगरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस