दाङका महिला संजालकर्मिले हत्याहिंसा रोक्न सिंहदरबारलाई ज्ञापनपत्र बुझाए


असोज ९, दाङ । अन्तर पार्टी महिला सन्जाल दाङले निर्मला पन्त लगायत देश भरिका महिला हत्याहिंसाका घटनालाई ध्यानाकर्षण गराउन नेपाल सरकारलाई ज्ञापनपत्र बुजाएको छ ।

असोज ८ गते दाङका महिलाअधिकार कर्मीहरुको सयुक्त टोलिले जिल्ला प्रशान कार्यलय मार्फत प्रधानमन्त्री कार्यलय सिहदरलाइ पत्र बुजाएका हुन।

महिला सन्जाल दाङ्की नेतृ जिलु पुन लगायत २० जनाको सयुक्त टोलिले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

महिला सन्जालकर्मी सहरा घर्ती मगरका अनुसार देशैभरी महिला माथि भैरहेको बलात्कार, हत्या, बोक्सी जस्ता आरोपका कारण महिलाहिंसा अत्यधिक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउन खोजिएको छ ।

दिनहुँ नारीमाथि हुने एकपछी अर्को बलात्कार तथा हत्याका जघन्य अपराधहरुले सिमा नाघेको र अपराधमा संलग्न व्यक्तिलाई पहिचान गरि कडा दण्ड दिन माग समेत गरिएको छ । साथै पिडित तथा मिर्तक परिवारलाइ ससम्मान क्षेतिपुर्ती दिलाउन पत्रमा उल्लेख छ ।

९ आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको