भदौ ९, काठमाडौँ । अब एअाईबाटै अाखाँ जाँच गर्न सकिने भएकाे छ ।
गुगलकाे अभिभावक संस्था अल्फाबेटकाे मातहतमा रही अार्टिफिसियल इन्टेलिजेन्स उपकरण बनाउने डिपमाइन्ड नामक बेलायती एअाइ कम्पनीले अाखाँ जाच्ने एअाइ प्रबिधि ल्याउयकाे हाे।
लण्डन स्थित मुरफिल्डस अाखाँ अस्पतालले डिपमाइन्ड सँग सहकार्य पछि याे काम सफल भएकाे हाे। याे प्रविधि काे लागि सेग्मेन्टस नेटवर्क र क्लासिफिकेसन नेटवर्क गरि दुई वटा नेटवर्ककाे विकास गरेकाे छ।
सेग्मेन्टस नेटवर्क ले अाखाँ स्क्यान गरिसकेपछि अाखाँ भित्रका हरेका भागकाे थ्रिडी म्यापिङ गर्छ। भने क्लासिफिकेसन नेटवर्क ले सेग्मेन्टस नेटवर्क ले उत्पादन गरेका थ्रिडी म्यापिङ हेरी राेग पत्ता लगाउछ।
यसमा डाक्टर जतिकै क्षमता रहेकाे पाईएकाे छ याे एअाई प्रति सेवाग्राहीलाई विश्वास तुल्याउन अहिले बिशेषज्ञ द्वारा पुनः परिक्षण काे ब्यवस्था पनि गरीएकाे छ।
प्रतिक्रिया दिनुहोस