भदौ ९, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीको प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन गरेको छ ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा शुक्रबार कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चलाएर प्रहरीले एक जनाको हत्या गरेको भन्दै आक्रोश व्यक्त गरिएको थियो ।
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले न्याय माग्ने जनतामाथि केपी ओली सरकारले गोली हान्ने आदेश दिनु निन्दनीय भएको बताए ।
सो क्रममा नेविसंघका कार्यकर्ताले ओलीको पुत्लासमेत दहन गरेका थिए । प्रदर्शनमा विद्यार्थी नेता बलदेव तिमल्सिना, दीपक भट्टराई, निरन्जन थापा, बिपिन अधिकारी, जानुका पन्थ, डुजाङ सेर्पा, निमा गीरी लगायतको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस