भदौ ९, काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
शनिबार मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर ‘बादल’, सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको विस्तृत छानबिनको तथ्य बाहिर नआएसम्मका लागि एसपी विष्टलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
त्यस्तै तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्का, डीएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दा शाखाका प्रहरी निरीक्षक यकेन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा तान्ने निर्णय बैठकले गरेको छ ।
१३ वषर्ीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् ।
घटनाको विस्तृत प्रतिवेदन नआएसम्म एसपी विष्टलाई निलम्बनमै राख्ने निर्णय बैठकले गरेको गृहमन्त्रलयले जनाएको छ । यस्तै निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानबिन गर्न सरकारले भदौ ७ मै समिति पनि गरिसकेको छ ।
मन्त्रामलयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो । जुन समितिले छानबिनलाई तीब्रता दिएको छ ।
प्रतिक्रिया दिनुहोस