दाङबाट काठमाडौंकालागी छुटेको बस चितवनमा दुर्घटना, २८ जना घाइते


भदौ ९, चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् ।

दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो ।

घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।

९ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको