भ्रष्टाचारको शैलीमा परिवर्तन: नगद छाडेर चेकमार्फत घुस


भदौ ९, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय भ्रष्टाचारको स्वरूप र शैलीमा परिवर्तन हुन थालेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालय समय समयमा निगरानी बढाउन थालेपछि घुस लिने र दिने तरिकामा पनि परिवर्तन हुन थालेको हो। अख्तियारले नगद घुस लिँदालिँदै रंगेहात पक्राउ पर्न थालेपछि त्यसबाट बच्न नगद नभई चेकमार्फत घुस लिने प्रवृत्ति बढेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालय सुर्खेतले भ्रष्टाचारको स्वरूप र घुस लिनेदिने शैली फेरिदैं गएको बताएको छ।

कार्यालय प्रमुख रविलाल पन्थले भने, ‘भ्रष्टाचारको स्वरूप परिवर्तन भएको छ, हामीले नगद सहित रंगेहात समात्न थालेपछि नगदमा लेनदेदन हुन छाड्यो र अचेल कर्मचारीले घुस लिने तरिका बदलेर चेकमार्फत घुसको लेनदेन बढेको छ। विगतमा कार्यालयभित्र नगदमा घुस लिने गरेकोमा भए पनि पछिल्लो सयम कार्यालय समय बाहिर चेक लिने गरेको पन्थको भनाइ छ।

चेकमा लेनदेन हुँदा अख्तियारले रंगेहात पक्रन नपाउने भएकाले भ्रष्टाचारीहरूले आफ्नो शैली परिवर्तन गरी नयाँ तरीका अपनाएका र चेकमा भएको लेनदेन अख्तियारको दायरामा नपर्ने भएकाले घुसको लेनदेन सजिलो मानेर यो प्रक्रया अपनाएर भ्रष्टचार नियन्त्रणमा अपेक्षित उपलब्धी हाँसिल हुन पुर्ण रुपमा हुन नसकेको उनले भनेका छन्।

यस्तै गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी कर्णाली प्रदेशमा अख्तियारले ६ जनालाई घुस रकम सहित रंगेहात पक्राउ गरेको छ। जसमा इलाका वन कार्यालय सुर्खेतका वन रक्षक हरिलाल रानालाई ९८ हजार, मालपोत कार्यालयका खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई २ लाख, वन कार्यालय रुकुमका सहायक वन अधिकृत रोहितकुमार शाह र सन्दीप अधिकारीलाई २३ हजार र जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर अजयकुमार देवलाई ८० हजार नगद घुस सहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

अख्तियारमा स्थानीय तहको आन्तरिक खर्च पारदर्शी नभएको, भवन, सडक र पुल लगायतका संरचना मापदण्ड अनुसार नबनेको, विकास निर्माणमा उपभोक्ता समितबाट भएको गुणस्तरहीन कार्य, सामाजिक सुरक्षा भत्ता, विद्यालय कोष हिनामिना, छात्रवृति रकममा दुरूपयोग, विद्यालयका भवन निर्माणमा चरम लापरबाहि र ठेकापट्टामा ठुलो आर्थिक चलखेल भन्दै उजुरी आउने गरेको अख्तियारले जनाएको छ।

त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बेनामे उजुरीहरूको चाङ लागेको छ । विना प्रमाण वेनामे नामका उजुरी बढेकोे अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अख्तियारमा पर्ने कुल उजुरीमध्ये अधिक उजुरीहरू बेनामे पर्ने गरेका छन्। गत आर्थिक वर्षमा परेका कुल उजुरीमध्ये ५१ प्रतिशत बेनामे उजुरी परेको र तीमध्ये अधिकांश उजुरी प्रमाण नपुगी त्यतीकै मात्रामा रद्ध हुनेगरेका छन्। कुनै उजुरी बिना पहिचान हुलाकबाट सुनेकै भरमा पनि पर्ने गरेका छन् ।

‘व्यक्तिगत रिसिइबीको निहुँमा जग्गा, साँध र सिमानाका उजुरीहरू समेत अख्तियारमा पर्ने गरेका छन। कार्यालयमा त्यस्ता उजुरीको संख्या नै धेरै बडेको र पहिलो चरणमा नै हेरर तामेलीका लागि पठाउने गरिएको छ।

उजुरीकर्ताहरूमा अख्तियारमा कस्ता खालका मुद्दाहरमा उजुरी दिनुपर्ने भन्ने जानकारी नहुँदा पनि विगतदेखि नै यस्ता खालका उजुरीहरू नरोकिएको प्रमुख पन्थको भनाइ छ। गत आर्थिक वर्षमा सुर्खेतमा जम्मा सात सय ५१ उजुरी परेका र जसमा पाँच सय ७१ फछ्र्यौट गरिएको छ भने एकसय ८० वटा उजुरी बाँकी रहेका छन्।

शिक्षा र स्थानीय तहका उजुरी धेरै

पछिल्लो एक वर्षमा अनियमितताका धेरै उजुरी स्थानीय तहका धेरै आएको पन्थले बताए। अख्तियारमा गत वर्ष देखि स्थानीय तहका उजुरी नै धेरै भए पनि मन्त्रालयगत हिसाबमा पनि शिक्षाका जम्मा दुईसय २७ छन् भने संघिय मामिला तथा स्थानीय विकासका दुइ सय १९ उजुरी परेका छन्।

‘मन्त्रालयगत हिसाबमा हेर्दा शिक्षामा धेरै देखिए, अहिले शिक्षा पनि स्थानीय तहमै गएको छ,’ उनले भने, ‘स्थानीय तहलाई समग्रमा हेर्दा एक वर्षमा डरलाग्दो स्थतिमा उजुरी परेको छन् भने वन तथा वातावरण संरक्षणका ८२ तथा स्वास्थ्यका ३६ उजुरी दर्ता भएका छन्।

जिल्लागत हिसाबमा पनि सुर्खेतका उजुरी नै धेरै परेका छन्। दुर्गम क्षेत्रबाट कम मात्रामा उजुरी पर्ने गरेको छन् जसमा कर्णाली प्रदेश कार्यालयमा सुर्खेतका एक सय ६४, दैलेख एक सय ४७, जाजरकोट ९७, कालिकोट ९५, हुम्ला ५८, सल्यान ४९, रुकुम (पश्चिम)का ४४, जुम्ला ३८, मुगु ३२, डोल्पा २२ र सबैभन्दा कम रुकुम (पूर्व) का ५ वटा उजुरी दर्ता भएका मा अख्तियारमा गत आर्थिक वर्षमा ७६ प्रतिशत उजुरीको फछ्र्यौट भएको छन्।

९ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको