पुस ९, दाङ । दाङमा आगलागीमा परि १० बर्षीय बालकको मृत्यु भएको छ ।
पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ७ गौजामा शनिवार साँझ गोठमा आगलागी हुँदा १० बर्षीय बालक राजु घर्तीको जलेर मृत्यु भएको हो ।
फुसको छानोयुक्त गोठमा आगोलागी भएपछि एक्लै माथिल्लो तल्लामा सुतेका बालकलाई बचाउन नसकिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बताए । मृतक बालक घर्ती आफ्नी आमासंगै घरदेखि एक घन्टा पैदल हिड्नु पर्ने दुरीमा रहेको गोठमा सुत्न गएका थिए ।
घटना शनिवारको भएपनि विकट भूगोलको भएको हुँदा आइतवार अवेर साँझ मात्रै त्यसवारे सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
यसैबीच बबई गाउपालिकाले वडा नं. ७ गौजामा पुगेर पीडित परिवारका अभिभावकलाई आइतवार बेलुका नगद १० हजार र आबस्यक सामग्री राहात स्वरुप प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस