प्रहरीलाई शौचालय छैन, आईजीपीलाई २ करोडको गाडी


पुस ९, काठमाडौं । प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’

शौचालय अभावमा लोटा लिएर पाखापाखमा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्याण्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफ समेत जोडिएको छ ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ–दिनरात ड्यूटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रहरी प्रधान कार्यालयले आईजीपीको विलाशिताको लागि भने ठूलो रकम खर्च गरेको हो ।

आर्थिक वर्षको अन्तिममा करोडौँ बजेट फ्रिज हुन लागेको भन्दै महानिरीक्षक खनालले आफ्नो लागि भव्य गाडी खरिद गरेका हुन् । तर, यसअघि उनी चढ्ने मित्सुबिसी पजेरोसहित उनको सचिवालयमातहत १९ गाडी परिचालन भइरहेका थिए ।

अस्थायीबाहेक प्रहरीका दुई हजार २५ कार्यालय छन् जसमध्ये आठ सय ५० कार्यालयमा शौचालय छैन । यी कार्यालयमा हजारौँ प्रहरी ड्युटी गरिरहेका छन् । तर, जम्मा ८९ कार्यालयमा शौचालय निर्माणाधीन छन् ।

२०७५ पुष ९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको