क्रान्तिकारी पत्रकारको बैठक: ‘क्रान्ति र आन्दोलन विरुद्ध मिडिया दुरुपयोग हुनु हुदैन’ – प्रकाण्ड


पुष ८, बुटवल । क्रान्तिकारी पत्रकार सगठन नेपाल केन्द्रीय समितिको दोस्रो पुर्ण बैठक बुटवलमा सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जनपक्षीय पत्रकारहरुको दायित्व बढेको बताएका छन । उनले पछिल्लो समय देशमा राष्ट्रियता, जनतन्त्र र जनजिविका कमजोर बन्दै गईराखेको वेला जनपक्षीय पत्रकारहरु निडरता पुर्वक क्रियशिल हुदै जनताको आवाज बोल्नु पर्ने कुरामा जोड दिए ।

प्रवक्ता प्रकाण्डले वलि नेतृत्वको सरकार दिनप्रतिदिन बदनाम हुदै गईराखेको र जनताका न्यायपुर्ण आन्दोलनलाई दबाउने दुस्साहस गरेको समेत जिकिर गरे । उनले वली नेतृत्वको सरकारले कम्युनिस्ट नभएको समेत बताउदै, वली सरकारले कम्युनिस्ट आन्दोलनको बदनाम गरेको जिकिर गरे ।

एकअर्को प्रशङ्गमा बोल्दै नेता प्रकाण्डले नेपालका कतिपय मिडियाले दलाल संसदिय व्यवस्थालाई सहयोग गरेको र त्यसो गर्नु गम्भीर गल्ती भएको दाबी समेत गरेका छन ।

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्र बहादुर चन्द बिरजँगले क्रान्तिकारी पत्रकारहरु अनुशासनको ख्याल गर्दै जनताका मुद्दा उठाउन लाग्नु पर्नेमा जोड दिएका छन । नेता चन्दले पत्रकारहरुले जनताका मुद्दामा मौन बसेर निजि र निहित स्वार्थमा लाग्नु आन्दोलन र क्रान्तिका बिरुद्ध हुने बताए ।

लुम्बिनी ब्युरो ईन्चार्ज समेत रहेका नेता चन्दले भने कृष्णसेन ईच्छुकले उठाउने गरेका जनपक्षीय मुद्दा कमजोर बन्दै गएको भन्दै ईच्छुकको बाटोमा अग्रसर हुनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य चुडामणि वलिले आर्दशले क्रान्ति र परिवर्तनका बिरुद्ध अराजकता प्रदर्शन गर्नेहरु क्रान्तिकारी पत्रकार हुन नसक्ने टिप्पणी गरेका छन । बैठकमा ३ महिने अभियानको समीक्षा र आगामी ३ महिने कार्यक्रम तय गरिएको छ । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पछिल्लो समयको देशब्यापी अभियानले थप उत्साह थपेको बताए । साथै बैठकले पत्रकारको न्युनतम पारिश्रमिकको लागि देशभर आन्दोलन एवम् अभियान सुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा संगठनका अध्यक्ष प्रकाश डुम्रेले राखेको ३ महिने महत्त्वपूर्ण अभियानलाई व्यवस्थित र प्रभाबकारि बनाउने बिषयमा छलफल भएको थियो । बैठकले विभिन्न केन्द्रीय सदस्यहरुको कार्यक्षेत्र समेत बाडफाड गरेको छ ।

क्रान्तिकारी पत्रकार सँगठन नेपाल केन्द्रीय समितिका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षता बसेको बैठकको सञ्चालन महासचिव हिम बिष्टले गरेका थिए ।

२०७५ पुष ९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको