डडेल्धुरा दुर्घटनाका घाइतेको उपचार खर्च कांग्रेश नेता वीरबहादुर बलायरले व्यहोर्ने


मङ्सिर ८, काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले बिहीबार साँझ डडेलधुरा र डोटीको सीमा रढुवा खोलामा भएका बस दुर्घटनामा परी घाइते भएका हरुको सम्पूर्ण उपचार खर्च आफूले ब्यहोर्ने जानकारी दिएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका नेता बलायरले दुर्घटनामा परी काठमाडौंको वीर अस्पतालमा उपचार गराई रहेका घाइतेहरुको सम्पूर्ण उपचार खर्च आफूले ब्यक्तिगत रुपमा ब्यहार्ने बताएका हुन् ।

घाइतेलाई वीर अस्पतालमा भेट्दै उनले उपचार खर्च आफुले दिने घोषणा गरेका हुन् । उनले घाइतेका आफन्तलाई आर्थिक सहयोग पनि गरेका छन् ।

बस दुर्घटनामा परी घाइतेहरु भएकाहरुको वीर अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । नेता बलायरले बस दुर्घटनामा परी मृत्यु भएकाको चिरशान्तिको कामना गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

२०७५ मंसिर ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको