शिल्पी संघ नेपाल कुवेतले अधिबेशन गर्ने


मङ्सिर ८, कुवेत । रोजगारको लागि कुवेतमा रहेका नेपालीहरुले ‘शिल्पी संघ नेपाल कुवेत’ले अधिबेशन गर्ने भएको छ । यसअघि गोपाल गदाइलीको नेतृत्वमा संघ गठन भएको थियो ।

राज्यले दलितको सीमारेखा निर्धारण गरेर शिल्पी समुदायहरुलाई ‘दलित’ नाममा सिमित गर्दै उपेक्षा गर्न खोजेकोले त्यसको बिरुद्द यो संगठन निर्माण भएको जनाएको छ ।

‘दलित’ नाम नरुचाउनेहरु मात्र यो संगठनमा जोडिन सक्ने संघले जनाएको छ । उनीहरुको उदेश्य भनेको आफु माथि लगाएको ‘दलित’ शब्द खारेज गर्ने रहेको शिल्पी संघ नेपाल कुवेत गठनको पहलकर्ता बिकल्पले बताए ।

आगामी अधिवेशनमा भाग लिन चाहनेहरुले निम्त व्यक्तिहरुसंग सम्पर्क गर्न संयोजक गोपाल गदाइलीले अनुरोध गरेका छन्।

गोपाल गदाइलीले (६६५४२५१०), दिपेश नेपाली (९८५१२०८६), सबिन लाम्मगाछे (९५५३०२७५), मुना गतराज (६६११९८४३), राम नेपाली (९८१०३८९१), करण गौतामे (६६०११९७६), प्रसनता परियार (६६९६९३४६)।

८ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको