युएईमा रोजगार गर्दै, नेपाललाई स्वर्ण दिलाउदै सितेरियो कराते खेलाडीहरु


मङसिर ०८, युएई । शुत्रबार युएईको राजधानी आबुधाबीको अलजिरामा २०१८ विनर कप अन्तराष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा फिलिपिन्स, भारत, पाकिस्तान, मोरोक्को, नाईजेरिया युएई ओमन र नेपाल लगाएत १० देशका खेलाडीहरुले सहभागिता जनाएका थिए ।

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०१८ को प्रतियोगितामा प्रबाशी शितोरियो कराँते टोलिका ६ जना खेलाडीहरुले भाग लिएका थिए । उनीहरु रोजगारीको शिलशिलामा युएईमा रहेका खेलाडीहरु हुन ।

नेपाली खेलाडीहरुले विविध विधामा स्वर्ण-२, रजत-४, कांस्य-३ हासिल गरेका थिए । प्रतियोगितामा नेपाली टोलिले शानदार जित निकाल्दै दोस्रो स्थान हात पार्न सफल भएको छ । प्रतियोगितामा कुमुते तर्फ ५५ के.जी मा लक्ष्मण थापा मगर, ८० के.जी मा शेखर श्रेष्ठले प्रथम स्थान हासिल गर्नुभएको छ त्यसैगरि ५० के.जी तौल समुहमा मन बहादुर लिम्बु र ५५ के.जी मा उत्तम गुरुङ दोस्रो ७५ के.जी मा रामु सुनार तृतिय र ७० मा मनोज काउछाले पनि तृतिय स्थान हासिल गर्न सफल भएका थिए । एकल काता तर्फ रामु सुनारले दोस्रो र उत्तम गुरुङले तृतिय स्थान हासिल गरेका थिए ।

खेलाडीलाइ नेतृत्व प्रबाशी शितोरियो करातेका प्रमुख प्रशिक्षक राजु तामाङले गरेका थिए ।

नेपाली टोल ब्यवस्थापनमा बिष्णु भण्डारीको नितृत्वमा सुबाश भण्डारी, ओम बहादुर मगर, सुस्मिता निरौला, दीपराज नेयोङ्हाङ्ग, राजेश थिङ तमाङ रहेका थिए ।

युएईमा यसरि गठन भएको थियो ‘नेपाल सितेरियो कराते संघको शाखा’

युएईमा रोजगारी सङ्गै सितेरियो कराते खेलमा आबद्ध रहेका खेलाडीहरुले नेपाल सितेरियो कराते संघ युएई शाखा गठन गरि संगठित भएका थिए।

२०७५ जेष्ठमा युएईको दुबई राज्यमा औपचारिक रूपमा शाखा गठन गर्दै युएईका विभिन्न क्षेत्रमा छरिएर रहेका खेलाडीहरुलाइ एकीकृत गरि संघमा आबद्ध गरिएको थियो। राजेसकुमार लामाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति र बिष्णु भण्डारीको संयोजकत्वमा ३ सदस्यीय अफिसियल टिम सर्वसम्मत चयन भएको थियो ।

समितिको उपाध्यक्षमा मनोज काउछा, महासचिवमा रामु सुनार र सचिवमा प्रदीप तामाङ रहेका छन् । त्यसैगरी कोसाध्यक्षमा सुस्मिता निरौला, सहकोसाध्यक्षमा अर्जुन खड़का, प्रवक्तामा कमल प्रसाद पोखरेल चयन भएका छन् । प्रमुख प्रशिक्षकमा राजु तामाङलाई जिम्मेवारी दिएको छ । समितिको सदस्यहरुमा सुनील थापा, लक्ष्मण मगर, विकाश काउछा, रोहित कुवर, तिला परियार, मीन राज चौधरी र यामबहादुर थापा रहेका छन्।

नेपाल सितोरियो कराते संघ युएई शाखाको सल्लाहकार समितिमा बाबुराम विस्वकर्मा, एकेन्द्र थापा, नारायण अधिकारी, दुर्गा सुनार, प्रेम लामा, लाल धोज तामाङ, पूर्णचन्द्र डुम्रे रहेका छन्।

८ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको