निर्मला पन्तलाई न्याय दिने प्रकाण्डको उद्घोष: मङ्सिर १६ को बिरोध सभामा आउन अपिल


मङ्सिर ८ काठमाडौं । जनसभाका मुख्य वक्ता प्रकाण्डद्वारा विशाल जनसभालाई सम्बोधन गरिरहेका छन । नेकपाको जारी जनसभामा प्रमुख अतिथि एवं वक्ता प्रकाण्डले विशाल जनसभालाई सम्बोधन गर्दै भने ‘हाम्रो पार्टीले अपराधीलाई अनुसन्धान गर्ने छ, निर्मलाको हत्यारालाई कारबाही गर्ने छ’ ।

हाल सम्म न्याय नपाएकी निर्मला पन्तलाई यो सरकारले न्याय दिन नसकेकोले अब उनको न्याय हामी दिन्छौ’ । निर्मला पन्तको बलात्कारको घटनामा सरकार नै संलग्न रहेको छ, भन्दै मङ्सिर १६ गते निर्मला पन्तको बलात्कार र हत्याको बिरोध कार्यक्रममा समेत उपस्थित हुन प्रकाण्डले अपिल गरेका छन् ।

नेकपाका स्थायी समिति सदस्य एवं पार्टी प्रवक्ता समेत रहेका प्रकाण्डले जनसभालाई सम्बोधन गर्दै नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले बगाएको रगत खेर जान नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

‘नेपाली जनताको मुक्तिको लागि लडिरहेको महासचिव विप्लवले नेतृत्व गरिरहेका नेकपा तपाईका छोराछोरीले क्रान्तिमा बगाएका रगत र पसिना कुनैपनि कोणमा खेर जान दिँदैनौं । यो सिंगो पार्टीको तर्फबाट प्रतिवद्धता हो’ उनले भने ।

२०७५ मंसिर ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको