जनसभालाई प्रकाण्डले सम्बोधन गर्दै (हेर्नुहोस लाइभ भिडियो)


मङ्सिर ८ काठमाडौं । पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाले काठमाडौँमा आयोजना गरेको विशाल जनसभा कार्यक्रमलाई प्रबक्ता प्रकाण्डको सम्बोधन हेर्नुहोस !

लाइभ भिडियो:

कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रवक्ता प्रकाण्ड रहेका छन् भने अन्य अतिथिहरुमा नेकपाका सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल असारे काका, पुनर्गठित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेललगायतका नेताहरु पनि सभामा उपस्थित भएका छन् ।

कार्यक्रमको सञ्चालन नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेलले गरिरहेकी छिन् । सभाको अध्यक्षता नेकपाका सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गरेका छन् ।

पोलिटब्युरो सदस्य पदमा राईले सहभागीहरुलाई मन्तव्यमार्फत स्वागत गरेका थिए ।

सभामा देशभरबाट नेकपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र लगभग पचास हजार जनताको उपस्थिति रहेको छ । सहभागीले प्रदर्शनीमार्ग, भृकुटीमण्डप, पुतलीसडक, रत्नपार्क खचाखच भरिएको छ ।

सभाका सहभागीहरु प्रदर्शनी मार्गमा अटाउन समस्या भएपछि भुकृटीमण्डप आरआर क्याम्पसपछाडि बागबजार क्षेत्र र पद्मोदय मोडतिर बसेर कार्यक्रम सुनिरहेका छन् ।

कार्यक्रममा सामना परिवारले बिचबिचमा जनवादी सांस्कृतिम कार्यक्रम पनि प्रस्तुत गरिरहेको छ ।

युटुब लाइभ भिडियो यहाँ हेर्नुहोस:

 

२०७५ मंसिर ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको