बर्ग दुश्मनहरु मिले, अब क्रान्तिकारीहरु मिल्नु पर्छ, प्रचण्ड डाँका भइसके : किराँती


मङ्सिर ८ काठमाडौं । काठमाडौंको भिरकुटीमण्डपमा भैरहेको बिशाल जनसभामा अतिथिको रुपमा आमन्त्रित नेकपा माओबादीका संयोजक गोपाल किराँतीले क्रान्तिकारी पार्टीहरु मिल्नु पर्ने बताए ।

विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै गोपाल किराँतीले माओबाद बिरोधिहरु एक ठाउमा जुटे, बर्ग बिरोधि तथा बर्ग दुश्मनहरु एउटै ठाउमा जुटेको बेला अब बर्ग संघर्षका पक्षधर क्रान्तिकारी पार्टीहरु मिल्नु पर्ने बताए । नेकपा विप्लवको नेकपा संग अन्य सबै क्रान्तिकारी पक्षधरका पार्टीहरु एकजुट हुनुपर्ने समेत बताए ।

किरातीले प्रचण्ड भनेको डाँका हो । भन्दै प्रचण्ड संसोधनबादमा पतन भएको आरोप लगाएका छन् । डाँकाको उदेश्य व्यक्तिगत स्वार्थमा हावी हुने भएको हुँदा प्रचण्ड डाँका भइसकेको बताएका छन् ।

प्रचण्डको पक्षमा सहिद परिवार, घाइते र अपांगहरु साथमा नहुने भएकाले उनि डाँका भएको किरातीले बताए । क्रान्तिको घाँटी निमोठ्ने र सर्वहारा बर्गलाई लुट्ने प्रचण्ड प्रबिर्ती नेपालमा हुर्किएको जनाउदै उक्त प्रविर्तीलाई बन्ध्याकरण गर्नु पर्ने समेत बताए ।

विप्लव सर्बहारा बर्गको नेता भएको हुँदा भोलि विप्लव प्रचण्ड बन्ने खतरा हुन सक्छ । यस्तो गम्भीर प्रचण्ड प्रविर्ति तिर विप्लव भासिन सक्ने भन्दै खबरदारी गर्ने समेत बताएका छन् ।

८ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको