प्रचण्ड र बाबुरामले धोका दिंदा फेरी संघर्ष गर्नु पर्यो – जेलब्रेकर शिलु


मङ्सिर ८ काठमाडौं । काठमाडौंको भिरकुटीमण्डपमा भैरहेको बिशाल जनसभा कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ ।कार्यक्रमको संचालन चर्चित गोर्खा जेलब्रेकर शिलुले संचालन गरेकी छन् ।

संचालनको क्रममा प्रचण्ड बाबुरामले आन्दोलनलाई धोका दिंदा पुनः जनमुक्ति आन्दोलन गर्नु परेको आरोप लगाएकि छन् । गरिवको सत्ता भनेर १७ हजार योद्दाहरुले रगत बगाएर ल्याएको ब्यबस्था तिनै पुराना दलालहरुको कमाई खाने भाँडो भएको बताएकी छन् ।

आजको कार्यक्रमको सभापतिमा पार्टी केन्द्रिय सचिव चित्र बहादु आले ‘पवन’ले गरेका छन् । अहिले विभिन्न झाँकी प्रस्तुत भैरहेको छ । प्रमुख प्रबक्ता प्रकाण्ड बिशाल जुलुसका साथ मन्चमा आउदै छन् ।

कार्यक्रम स्थल दृश्य: (तस्बिर: गोपाल चन्द/तिलक केसी)  

 

 

२०७५ मंसिर ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको