मङ्सिर ८, काठमाडौं । बिद्रोहको घर तथा जनयुद्दको उद्गम थलो मानिने रोल्पाबाट हजारौ जनता र कार्यकर्ता राजधानीको जनसभामा सहभागी भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित जनसभामा रोल्पाबाट मात्रै १३ वटा यात्रुवाहक बस सहित हिजै राजधानी प्रवेश गरेका थिए ।
त्यसैगरि छिमेकी जिल्ला सल्यानबाट पनि १० वटा गाडी राजधानी आएका हुन् ।
तस्बिर: पत्रकार खकेन्द्र केसी/भरत गुरुङ
प्रतिक्रिया दिनुहोस