यस्तो छ विप्लवले जनसभालाई पठाएको बधाई तथा शुभकामना सन्देश पत्र


मङ्सिर ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको विशाल र्‍याली तथा जनसभालाई पार्टी महासचिव विप्लवले शुभकामना पठाएका छन् ।

विप्लव जनसभामा उपस्थित नहुने भएपछी शुभकामना पत्र पठाएका हुन् । प्रदर्शनीमार्गमा जनसभा सुरु भएपछि महासचिव विप्लवको शुभकामना वाचन गरेर सुनाइने जानकारी पार्टी केन्द्रीय समितिले दिएको छ ।

जनसभालाई नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य प्रकाण्ड, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपाका सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेको अध्यक्षतामा सम्पन्न हुने कार्यक्रमलाई पार्टी पोलिटब्युरो सदस्य पदम राईले स्वागत र पार्टी पोलिटब्युरो सदस्य उमा भुजेलले सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी प्रचारप्रसार उपसमितिले दिएको छ ।

हेर्नुहोस विप्लवको शुभकामना संदेश:

८ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको