नेकपा राप्ती र धौलागिरी ब्युरोको र्याली गोंगबुबाट जनासभा स्थल तिर यसरि लम्कियो…!


मङ्सिर ८, काठमाडौं । नेकपाका प्रबक्ता प्रकाण्डले सम्बोधन गर्ने आजको जनसभा कार्यक्रमका लागि काठमाडौंका विभिन्न स्थानबाट र्याली सुरु हुँदैछ । यसै क्रममा नेकपाको राप्ति र धौलागिरी ब्युरोले गोंगबुमा र्यालीको लागि तयारि गरिसकेको छ ।

र्याली जुलुश सहित अब केहि समयमा कार्यक्रम स्थल तिर प्रस्थान गर्नेछ ।

कालीमाटीबाट सुररू हुने विभिन्न जनजाति, संस्कृतिसहितकाे जुलुसको नेतृत्व पार्टी पोलिटब्युरो सदस्यहरू जीवन्त र गम्भीरले तथा बबरमहलबाट निस्कने जुलुसको नेतत्व पदम राईले गर्नेेछन् ।

यस्तै पूर्वीकमान्डका अन्य केन्द्रीय नेताहरु बबरमहलमा, मध्यकमान्डका केन्द्रीय नेताहरु कालीमाटी र पश्चिम तथा सुदूरपश्चिम कमान्डका नेताहरु लैनचौरबाट निस्कने जुलुसमा सहभागी हुने नेकपाले जनाएकोे छ ।

शान्तिबाटिकामा हुने भनिएको नेकपाको जनसभा भृकुटीमण्डपमा हुने भएको छ । देशभरबाट जनसहभागिता बढेपछि स्थान परिवर्तन गर्नुपरेको नेकपा जनाएको छ ।

तस्बिर/ खकेन्द्र केसी

२०७५ मंसिर ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको