मंसिर ८, काठमाडौं । वाइडबडी जहाज खरिद प्रक्रिया छानबिनमा संघीय संसद्का समितिबीच हानथाप शुरु भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका पदाधिकारीलाई बोलाएर जानकारी लियो ।
समितिले तीन सदस्यीय उपसमिति गठन गरेर खरिदका सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको छ । पर्यटनमन्त्री अधिकारीले २४ घण्टाभित्र कागजपत्र उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
लेखा समितिका सभापति भरतकुमार शाहले जहाज खरिद प्रक्रियामाथि अन्य समितिले छानबिन गरेकाे अाफूलार्इ जानकारी नरहेकाे बताए ।, कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस