अयोग्य लडाकुले ल्याईदिएको गणतन्त्रलाई भजाएर महलको बास भयो है प्रचण्ड कामरेड ?


आदरणीय पुर्वमाओबादी कामरेड प्रचण्ड
अभिबादन !

म एक सर्वसाधारण नागरिक तपाईलाई केही प्रश्न सोध्न चाहन्छु । मलाई राम्ररी थाहा छ तपाईंहरुबाट जवाफ पाउदिन तर मेरो जिज्ञासा भने पोख्नेछु ।

आजको यो घडीबाट जनयुद्दलाई फर्केर हेर्ने हो भने तपाई नेतृत्वका कारण त्यो युद्द केवल पाखण्डी र अपराधिहरुको खेल थियो भन्ने कोणबाट आज उभ्याउन खोजिदै गर्दा दुख लागिरहेको छ । सायद तपाई अहिले चलिरहेको बाटोको लेखा जोखा इतिहासले एक दिन पक्कै गर्छ वा गर्दैन ? तर गरोस भन्ने हामी चाहान्छौ ।

आदरणीय कमरेड जतिबेला हामी १३/१४ बर्षमा प्रवेश गरि स्कुल जाँदै थियौ । तपाईंहरुले नै भन्नुभएको थियो बुर्जुवा शिक्षा पढेर काम छैन, युद्द लड्नु पर्छ । संसार बदल्नु पर्छ । पढदै गरेका १४ बर्षका हामीलाई यहि उपदेश दिएर युद्द मैदानमा बाल शैन्यको रुपमा सामेल गराउनु भयो ।

विभेदमा पिल्सिएकाहरु मुक्तिको खांतिर हाँसीहाँसी बलिदानको सुली चढ्न तयार भए ।

१४ बर्षका कलिला हातहरुले बन्दुक समाउन योग्य सम्झनु भयो । त्यतिबेला न त बालबालिका भयौ, न त वृद्ध भयौ, न त अयोग्य नै भयौ । बरु तपाईंहरुको लागि संसार बदल्न हिडेका योग्य लडाकु वा सिपाही बन्यौ।

दुनियाँ परिवर्तन गर्ने तपाईंका झुटा आश्वासनलाई गुरु दक्षिणा मानी शिरोधार्य गर्दै परिवर्तनको नाममा हामी जस्ता हजारौ बालक देखि वृद्ध सम्पुर्ण योग्य बनी युद्ध मोर्चामा सामेल बन्यौ ।

तपाईले भन्ने गरेको बुर्जुवा शिक्षाको किताव थन्क्याएर जीवन र मृत्युको प्रवाह नगरी गरिब दुखिका छोराछोरीहरु युद्दमा होमिए । उनको सपना परिवर्तन थियो, बर्गिय मुक्ति थियो, अनि समाज परिवर्तनको नाममा रगतको खोला बगाउन पछि परेनन् ।

कतिपय दाजुभाइ तथा दिदीबहिनिहरु अझैपनि बेपत्ता भएकाहरुलाई घर-परिवारले आखा बिछ्याएर छोराछोरी आउने बाटो कुरेर बस्नु भएको छ ।

जव १० बर्षे जनयुद्धको समाप्ती सगै शान्ति स्थापनाको सुरुवात समय आयो, तब शिक्षा हासिल गर्दागर्दै बन्दुक बोकेर बाँचेका नाफाका जिन्दगीहरु एकाएक अयोग्य भए । कोहि अनपढ गवार थिए, कोहि कामै नलाग्ने अपांग थिए, कोहि बोल्नै नजान्ने लठेप्रो थिए, अग्ला, होचा, पुड्काको त बहाना छंदै छ ।

विडम्बना त यस्तो थियो, जुन शिक्षालाई बुर्जुवा भनेर किताव जलाउन लगाइयो त्यहि शिक्षाले अयोग्यको शुत्र बोकेर ठिंग उभिएको थियो । च्यात्तै छोडेर हिडेको बुर्जुवा शैक्षिक धारीहरुले त्यहि बुर्जुवा शिक्षाको प्रमाण पत्र खोजिरहेका थिए ।

सुप्रिमो कमाण्डर प्रचण्ड नै हाम्रा शैक्षिक गुरु थिए । उनले दिएको शिक्षा फरक थियो । तर तिनै बुर्जुवा शिक्षाका मालिकहरुले योग्यताका अस्त्रहरू फिजाएर शिर देखि पाउ सम्म नापे । हामी अयोग्य भयौ, धेरै रुँदैरुँदै घर फर्किए ।

युद्दमा गोलि लागेर घाइते बनेको शरीर समेत अयोग्य बन्यो । युद्द लडाएर धुजा धुजा बनाइका जिन्दगीहरुलाई सपार्ट खोज्दै अयोग्य बनाइयो ।

हिजो बुर्जुवा शिक्षा पढ्नु हुन्न भन्ने तपाईंहरुका खोक्रा उपदेशलाई मानेर युद्दभित्र होमिएका हामीहरु आजसम्म पनि तपाईंको शिक्षा देख्न पाइएन । खै कस्तो हुन्छ बुर्जुवा बिनाको ब्यबहारिक शिक्षा । तपाई सत्ताको मालिक बन्दा समेत देखाउनु भएन । बरु बुर्जुवा शिक्षाको मालिक बन्नु भयो ।

खैत तपाईले भन्ने गरेको ब्यबहारिक शिक्षा ?

के तपाईले भन्ने गरेको शिक्षा युद्दमा भएका घाइतेहरु उपचार नपाएर तड्पिरहेका छन्, तर तपाई र तपाईकि श्रीमती मिरामी हुँदा देश बिदेशमा उपचार गर्ने हो ?

संगै युद्द लडेका सहकर्मीलाई पाखा लगाएर पुराना सासकहरु, जसले टाउकाको मोल तोक्नेहरु संगै घाँटी जोड्नु भयो ?आखिरमा मिल्नु नै रहेछ त… किन लडाएको गरिबका छोराछोरीलाई ? किन बगाएको रगतको खोला ?

आखिर बुर्जुवा शिक्षानै भए पनि पढनै पर्ने रहेछ । तिम्रो ब्यबस्था भित्र जागिर खान बुर्जुवा प्रमाण पत्र नै काम आउदो रहेछ त ?

आदरणीय कमरेड…

तपाईंहरुका झुटा आश्वासनको पछि लाग्दा हजारौको भविस्य बिग्रियो । आमाबुबाको कोख मात्र रित्तियो । २०६४ सालको चुनाबमा सम्पुर्ण जनताले भोट दिई जिताएर सबै भन्दा ठुलो पार्टी बनाएकै थिए । आखिर तिनै भोट दिने अधिकांश युवा बिदेशी भुमिमा गएर दस नंग्रा खियाउन बिबस बन्नुपर्यो तर तपाईंहरुका छोराछोरी नाती नतिना चिल्ला गाडी र आलिशन महलमा विराजमान भए ।

लेख्न मन त धेरै छ तर आजलाई कलम यतिमै अन्त्य गर्छु धन्यवाद ।

सर्वसाधारण नागरिक म कमला भट्टराई ।

२०७५ कार्तिक ७,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको