डेढ वर्षपछि रुकुमको चौरजहारी बिमानस्थलमा नियमित उडान (तस्बिरसहित)


कात्तिक ७, रुकुम । रुकुम पश्चिमको चौरजहारी बिमानस्थलमा सञ्चालनमा आएको छ ।

डेढवर्षदेखी रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुईदिन बुधवार र बिहिवार उडान हुने गरी चौरजहारी बिमानस्थल पुनः सञ्चालनमा आएको नि.स्टेशन प्रमुख सुरेन्द्र नेपालीले जानकारी दिए ।

उडान शुरु भएको आज पहिलो दिन चौरजहारीबाट आठजनाले नेपालगञ्ज सम्मको हवाई यात्रा गरेका छन् । झण्डै डेढबर्षपछि यहाँको हवाई सेवा सञ्चालनमा आउँदा स्थानीय र सर्वसाधारण खुशी भएका छन् ।

यसअघि नेपाल वायुसेवा निगमसंग प्रयाप्त जहाज र पाईलट नभएको भन्दै गतवर्षको जेठ अन्तिम साताबाट चौरजहारी बिमानस्थलको उडान बन्द गरिएको थियो ।

बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसंग पहल गर्दै आएका थिए । २०२८ सालबाट संचालमा आएको चौरजहारी विमानस्थलको थप स्तरोन्नतीका लागि पाँचवर्ष अघि धावनमार्गमा कालोपत्रे गरिएको थियो ।

 

७ कार्तिक २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको