मेसीबिना नै आज इन्टरलाई हराउने बार्सिलोनाको तयारी


कार्तिक ७, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ ।

यो खेलका लागि चोटका कारण बार्सिलोनाका नियमित कप्तान लिओनेल मेसी उपलब्ध हुने छैनन् । मेसी शनिबार भएको सेभिल्लाविरुद्ध लिग खेलमा घाइते भएका थिए । उनले तीन साता मैदानबाहिर बिताउने छन् ।

लिगमा केहि खराब सुरुवात भएपनि च्याम्पियन्स लिगमा बार्सिलोनाले अपेक्षित सुरुवात गरेको छ । २ खेलको समाप्तिमा टोली समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ ।

बार्साले टोटेनहम र पीएसभीलाई पराजित गरिसकेको छ । यता इन्टर मिलानले पनि यसअघि दुवै खेल जितेको छ । इन्टर र बार्सिलोनाको खेलमा जित हासिल गर्ने टोलीले दोस्रो चरण छनोटका लागि बलियो दावेदारी पेस गर्नेछ ।

मेसी अनुपस्थित भएपनि बार्सिलोना जितको लागि तयार रहेको डिफेन्डर जोर्डी अल्बाले बताए । ‘इन्टर बलियो टोली हो । उनीहरुको प्रदर्शन पनि पछिल्लो केहि खेलमा निकै राम्रो रहेको छ । तर हामी तयार छौं ।

घरेलु मैदानमा जितको लागि नै खेल्नेछौं,’ उनले भने । ‘मेसीको कमि पक्कै महसुस हुनेछ । उनी सबैको लागि महत्त्वपूर्ण खेलाडी हुन् । तर उनको कमी महसुस हुन नदिन अन्य खेलाडी पनि छन् । आउने केहि खेलका लागि हामीले मेसी बिनानै जित दर्ता गर्नुपर्छ,’ अल्बाले भने ।

७ कार्तिक २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको