बैद्य, विप्लब र बाबुरामको चेतावनी: प्रचण्डले बेचेको जितगढ़ीबिरुद्द बोल्दा साहनी किन अपमानित ?


असोज ८ बुटवल । ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियान’का सदस्य एवं पत्रकार सेनानी दिल साहनीलाई भूपूसैनिकहरुले एक छलफल कार्यक्रम बीच अमानवीय दुव्र्यवहार गरेको भन्दै विप्लव, बैद्य र बाबुराम नेतृत्वका पार्टीहरुले संयुक्तरुपमा घोर आपत्ति जनाएका छन् ।

रुपन्देही जिल्लाको बुटवलस्थित जितगढी किल्ला र मणिमुकुन्द सेन दरबार नजिकै ३ विगाहा नेपाली भूमि भारतलाई दिएको बिषयमा छलफल गर्न आयोजित कार्यक्रममा अभियानका सदस्य एवं बुद्विजीजी, वरिष्ठ अधिवक्ता एवं पत्रकार सेनानी दिल साहनीले आफ्नो विचार राखिरहेको बेला भूपूसैनिकहरुबाट अमानवीय दुव्र्यवहार भएपछी एक संयुक्त प्रेस बिज्ञप्ति जारिगरि उक्त ब्यबहार प्रति आपत्ति प्रकट गरेका छन्  ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, बैद्य नेतृत्वको ने.क.पा.(क्रान्तिकारी माओवादी) र बाबुराम नेत्रित्वको नयाँ शक्ती पार्टी नेपालद्वारा जारि सयुक्त बिज्ञप्तिमा भनिएको छ, ‘२०७५ असोज ५ गते बुटवल उपमहानगरपालिकाले यस बिषयमा छलफलका लागी सर्वपक्षीय बैठक बोलायो । सो कार्यक्रममा अभियानका सदस्य एवं बुद्विजीजी, वरिष्ठ अधिवक्ता एवं पत्रकार सेनानी दिल साहनीले आफ्नो विचार राखिरहेको बेला भूपूसैनिकहरुबाट भएको अमानवीय दुव्र्यवहारप्रति घोर आपत्ति प्रकट गर्दछौं ।’

त्यसैगरी आयोजक संस्था बुटवल उपमहानगरपालिकाले साहनीलाई आफ्नो विचार राख्न पाउने वातावरण मिलाउन पहल नगरेको आरोप लगाउदै उक्त हर्कत प्रति पनि खेदप्रकट गरिएको छ।

अंग्रेज साम्राज्यवादको आक्रमण विरुद्ध लडाईमा बिजय प्राप्त गरि जोगाएको रुपन्देही जिल्लाको बुटवलस्थित जितगढी किल्ला र मणिमुकुन्द सेन दरबार नजिकै ३ विगाहा नेपाली भूमि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७३ फागुन १७ गते भारतीय सैनिक वितरण कार्यालय (पीपीओ) का लागि भारत सरकारलाई दिने निर्णय गरि २०७४ भदौ १९ गते भारतीय राजदुत मञ्जिवसिंह पुरीले जितगढी किल्लामा आएर शिलान्यास गरेकोपछि उक्त घटनावारे चौतर्फी विवाद हुँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

ऐतिहासिक, पुरातात्विक, सामरिक, पर्यटकीय एवं बिरताको केन्द्र जितगढी किल्लामा भारतीय आधिपत्य जमाउने उद्देश्यले राख्न खोजिएको भारतीय पेन्सन क्याम्प हटाउनका लागि दबाव सृजना गर्न संपुर्ण देशभक्त एवं राष्ट्रवादी जनसमुदायलाई बिज्ञप्ति मार्गत अपिल गरिएको छ ।

त्यसै गरि उक्त बिषयलाई लिएर माक्सवादी बिचार मन्च नेपाल र मालेमा अध्यन केन्द्रले पनि सयुक्तरुपमा घोर भर्त्सना र निन्दा प्रकट गरेको छ । नेपालीहरुले आर्थिक सहयोग पाएको नाममा ‘जय भारत’ सम्म भन्दै र देशभक्तिपूर्ण अभियान्तामाथि अपमानपूर्ण ब्यबहार गर्दै राष्ट्रियतालाई भारतीय बिस्तारबाद सामु आत्मसमर्पण गर्ने प्रवृत्ति बिरुद्द संघर्ष गर्न अपिल गरेको छ ।

हेर्नुहोस, नेपाल कम्युनिष्ट पार्टी, ने.क.पा.(क्रान्तिकारी माओवादी), नयाँ शक्ती पार्टी नेपाल द्वारा बिज्ञप्तिको पूर्ण पाठ:

संयुक्त प्रेष विज्ञप्ती

मितिः २०७५÷०६÷०८

अंग्रेज साम्राज्यवादको आक्रमण विरुद्ध लडाईमा बिजय प्राप्त गरि जोगाएको रुपन्देही जिल्लाको बुटवलस्थित जितगढी किल्ला र मणिमुकुन्द सेन दरबार नजिकै ३ विगाहा नेपाली भूमि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७३ फागुन १७ गते भारतीय सैनिक वितरण कार्यालय (पीपीओ) का लागि भारत सरकारलाई दिने निर्णय गरि २०७४ भदौ १९ गते भारतीय राजदुत मञ्जिवसिंह पुरीले जितगढी किल्लामा आएर शिलान्यास गरेकोपछि उक्त घटनावारे चौतर्फी विवाद हुँदै आएको सर्वविदितै छ ।

सरकारको उक्त निर्णय विरुद्व बुटवलका स्थानीय राजनीतिक दल, विभिन्न उद्योगी व्यवसायी तथा सामाजिक संघसंस्था, बुद्विजीवी, प्राध्यापक, वकिल, पत्रकार, नागरिक समाज, संस्कृतिकर्मी एवं सरोकारवाला सबैको विरोध रहँदै आएको छ । यसवारे “ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियान” गठन भई सङ्घर्ष कार्यक्रम समेत गर्दै आएको छ र सरोकारवालाहरुवीच विभिन्न चरणमा छलफलहरु समेत हुँदै आएका छन ।

यही सन्दर्भमा २०७५ असोज ५ गते बुटवल उपमहानगरपालिकाले यस बिषयमा छलफलका लागी सर्वपक्षीय बैठक बोलायो । सो कार्यक्रममा अभियानका सदस्य एवं बुद्विजीजी, वरिष्ठ अधिवक्ता एवं पत्रकार सेनानी दिल साहनीले आफ्नो विचार राखिरहेको बेला भूपूसैनिकहरुबाट भएको अमानवीय दुव्र्यवहारप्रति घोर आपत्ति प्रकट गर्दछौं । साथै आयोजक संस्था बुटवल उपमहानगरपालिकाले उहाँले आफ्नो विचार राख्न पाउने वातावरण मिलाउन पहल नगरेको प्रति खेदप्रकट गर्दछौं । यसरी आफना मत राख्नै नदिने र सुन्न नचाहनेका पछाडी नियोजित षडयन्त्र लुकेको र यो अभियानमाथि नै आक्रमण भएको हुँदा यस्ता हर्कत सच्चाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । साथै ऐतिहासिक, पुरातात्विक, सामरिक, पर्यटकीय एवं बिरताको केन्द्र जितगढी किल्लामा भारतीय आधिपत्य जमाउने उद्देश्यले राख्न खोजिएको भारतीय पेन्सन क्याम्प हटाउनका लागि दबाव सृजना गर्न संपुर्ण देशभक्त एवं राष्ट्रवादी जनसमुदायमा हार्दीक अपिल गर्दछौं ।

क.अमर  

सेक्रेटरी सेक्रेटरी संयोजक

क.मणी

नेपाल कम्युनिष्ट पार्टी ने.क.पा.(क्रान्तिकारी माओवादी) 

बिमल गिरी

नयाँ शक्ती पार्टी, नेपाल

८ आश्विन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको