समाजसेवी राजु खड्का भन्छन: यसरि मनाउ असोज ११ को सेल्फी दिवस!


‘असोज ११ का दिन सेल्फी दिवसको रुपमा मनाऔ, आफू सङै जोडेर आफ्नो क्षेत्रमा भएका ईतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाको प्रचार गरौ!’ आउनुहोस मिलेर सेल्फी दिवसलाई समाज परिवर्तनको मार्ग बनाऔ, आफ्नो गाउ ठाउँको प्रचार आँफै बाट शुरु गरौ!

भन्ने उदेश्यका साथ पछील्लो समयमा सामाजिक सन्जालमा निकै चलेको सेल्फी फोटोलाई समाज परिवर्तनको लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने आशा राख्दै, यो सेल्फी दिवस विश्व प्रयटन दिवसको अबसर पारेर मनाउने तयारी हुँदैछ।

आफ्नो वरीपरी रहेको धार्मिक सम्पदा, ईतिहासिक धरोहरा, हरियाली बन जंगल जस्ता बिषयलाई बाहिर अन्य स्थान सम्म पर्ख्यात बनाउन या सन्देश पुराउन कठिन छ किनकी त्यस्तो बिषयलाई धेरैले नजरअन्दाज गर्ने गर्छन।

तर यदी यस्तै एथार्थ बोकेका तश्बिरहरु, धार्मिक ईतिहासिक सम्पदालाई आफ्नो तस्बीर सँग जोडेर सामाजिक सन्जाल मार्फत देश बिदेसमा पुराउन सकियो भने नेपाल जस्तो प्रकृतिक सुन्दरताले धनी देशका बिभिन्न स्थानहरुलाई प्रयटकिय हिसाबले राम्रो स्थान पाउछ कि भन्ने आशा लिएको छु।

हाम्रो आज जे छौ, विश्व माझ जुन विश्वाश र अस्तित्व पाएका छौ त्यो केबल हामी जन्मेको हुर्किएको ठाउँको कारणले नै हो।

तर हिजो आज आफ्नो अनुहारको बिज्ञापन मात्र चलिरहेको समाजमा, म कुन स्थान, कुन समाज र मेरो जन्मे हुर्किएको ठाउँ कस्तो छ, किन बिशेष छ भन्ने जस्ता सोचहरु हराउदै गएको बेला, अब हामी त्यही आफ्नो स्थानिय सम्पदाको आधारमा चिनिनु पर्छ र त्यो गर्ने दायित्व हाम्रै हो ।

समाज सन्जालको दिन प्रतिदिनको लोकप्रियता बढे सँग यो सबैलाई सजिलै हजारौ लाखौं जनता सम्म पुराउन सक्ने माध्याम यही भएको हुँदा सेल्फी तस्बिरलाई ‘सेल्फी दिवस’को रुपमा मनाउन सबैलाई हृदय देखि अनुरोध छ।

हामी हाम्रो समाजलाई, हाम्रो यथार्थलाई आफु सङै जोडेर बाहिर लिउन सकियो भने अबश्य यसले कही न कही बाट समाज सँग हाम्रो पहिचान पनि जोगाएर राख्नेछ। तसर्थ कस्ले के सुरु गर्यो, के गरेन भन्ने भन्दा पनि हामी नै हाम्रो समाजको प्रचारक हो, सम्रक्षक हो र त्यही स्थानले गर्दा आज हामी यहाँ छौ ।

यसको जगेर्ना गर्ने जिम्मा हाम्रै हो भन्ने सोचका साथ असौज ११ गतेलाई ‘सेल्फी दिवस’का रुपमा आफ्नो तश्बिर सङै प्राकृतिक यथार्थलाई जोडेर सामाजिक सन्जाल मार्फत सेल्फी दिवस मनाऔ।

८ आश्विन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको