रोल्पामा आफैंमाथि गोली प्रहार गरी कुलप्रसादले गरे आत्महत्या


असोज ८, रोल्पा । रोल्पामा एक जना व्यक्तिले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्।

जिल्लाको रुन्टीगडी गाउँपालिका वडा नं. ६ डुव्रिङ निवासी ५१ वर्षीय कुलप्रसाद विकले आफ्नै घरभित्रै आफैंमाथि गोली हानी आत्महत्या गरेका जिल्ला प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए ।

विकले बिहान ८ बजेतिर आफ्नै घाँटीमा गोली हानी आत्महत्या गरेका भए पनि परिवारका सदस्यले ९ बजे मात्रै प्रहरीलाई खबर गरेको डिएसपी खड्काले बताए ।

‘मृतक विकले विगत केही दिन यता परिवारका सदस्यलाई ‘म मर्छु’ भन्दै तर्साउँदै आएको र सोमबार बिहान घरभित्रै भरुवा बन्दुकले हानेर आत्महत्या गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

गोली हाने लगत्तै विकको घरभित्रै मृत्यु भएको बताइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

८ आश्विन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको