मुस्लिम समुदायहरुको महान चाड बक्री इदको अबसर पारेर गैर आवासीय नेपाली संघ NRN जिजानको क्षेत्रीय कमितिको अयोजनामा एक दिवसीय भलिबल खेल आज सम्पन्न भएको छ । १४ टिम सहभागि भएको मैत्रीपुर्ण खेलमा NRN आयोजक टिम प्रथम भएको छ । क्रमसः लांघाली अबा टिम द्वितीय र तृतीय पुरस्कार KCC ले हात पारेको छ । खेलमा प्रथम पुरस्कार मेडल, प्रमाणपत्र सहित १५०० रियाल, दोस्रो पुरस्कार मेडल, प्रमाणपत्र सहित १००० रियाल, तृतीय पुरस्कार मेडल, प्रमाणपत्र सहित ६०० रियाल रहेको थियो ।
प्रतिक्रिया दिनुहोस