घाइतेलाई भेट्न गृहमन्त्री अस्पताल पुगे, उपचार खर्च सरकारले व्यहोर्ने


भदौ ८, काठमाडौं । बालिका बलात्कारको विरोधमा बिहीबार कंचनपुरमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका महेन्द्रनगरका अर्जुन भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर गृहमन्त्री बादलले भण्डाराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

गृहमन्त्री बादलले घाइते भण्डाराका आफन्तलाई उपचार निःशुल्क हुने जानकारी गराएका छन् । ‘घटनाको यथार्थ बुझ्न अनुसन्धान गर्ने गरी उच्च स्तरीय समिति गठन भइसकेको छ’, घटनाको सत्य तथ्य समितिले बाहिर ल्याउँछ। ढुक्क भएर बिरामीको उपचार गर्नुहोस् । खर्चको व्यवस्था सरकारले गर्छ ।’

गृहमन्त्री बादलले सबै घाइतेको स्वास्थय लाभको कामनासमेत गरेका छन् । बिहीबार कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर ६ जना घाइते भएका छन् । घाइतेमध्ये महेन्द्रनगरका अर्जुन भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।

८ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको