भदौ ८, सुर्खेत । कैलालीको मोहोन्याल गाउँपालिका–३ राङ्गा मलेखा गाउँ भौगोलिकसँगै वर्षातको समयमा यस क्षेत्रका विद्यार्थीहरूले पढाइबाट वञ्चित हुनुपर्ने अवस्था छ ।
मलेखाबाट माध्यमिक तह अध्ययनका लागि २० जना विद्यार्थीहरू बिजौरा पुग्छन् । कर्णालीमा पुल नबन्दा त्यस क्षेत्रका विद्यार्थीहरू ३० मिनेट लाग्ने बाटोमा तीन घण्टा हिँडेर अध्ययन गर्न विद्यालय पुग्ने गरेका छन् । ‘कर्णाली नदीमा पुल नहुँदा वर्षामा मात्रै होइन् हिउँदमा समेत जोखिम मोलेर विद्यालय पुग्नुपर्छ । गाउँ कर्णाली नदीले घेरिएको छ ।
विद्मालय आउन घुमाउरो बाटो हिँड्नुपर्ने भएकाले पैदल हिँडेर उनीहरुलाई सुर्खेतको बिजौरास्थित विद्यालयसम्म पुग्न तीन घण्टा लाग्छ । गाउँमै माथिल्लो कक्षा पढाई हुने विद्मालय नभएपछि उनिहरुलाई बाध्यभएर कर्णली तरेर अर्काे जिल्ला सुर्खेत जानु परेको छ।
बिहान ५ बजे उठेर नास्ता खाइ/नखाइ गरी ६ बजे नै विद्यालयका लागि निस्कन्छन् । राष्ट्रिय शिक्षा परीक्षा (एसईई) को पूर्व तयारीमा रहेकी विद्माथिले ट्युसन पढ्न पाएका छैनन् । ‘घरबाट ट्युसन भेटाउन सकिदैन’ उनहरुले भने ‘गाउँबाट सिधै बिजौरा जोड्ने पुल नहुँदा पढाइसमेत छुट्छ ।’ बिजौरामा डेरा गरेर अध्ययन गर्नसमेत सकेका छैनन् ।
चिनेजानेका आफन्त र सँगै बस्ने साथी नहुँदा कोठा भाडामा बस्न गाह्रो हुनेगरेको बताए । उनहरुलाई एसईई बिग्रने होकी भन्ने चिन्ता छ । भन्छन ‘बिहान उठेदेखि साँझ परेसम्म विद्यालय पुग्न र फर्किन ठिक्कै छ ।
विद्यालय पुग्दाको थकानले साँझ गृहकार्य गर्न नै सकिदैन ।’ ‘डुङ्गा सञ्चालनमा आएपछि विद्यालय पुग्न ३० मिनेट लाग्छ’ उनहरुले भने ‘एक महिना हुने वर्षे बिदापछि पनि नियमित पढन् पाइदैन ।’
विद्यालय आउँदा ज्यान जोखिममा राखेर डुङ्गा चढेर विद्यालय पुग्छन् । तर, वर्षातसँग कर्णालीको बहाव बढेपछि हाल डुङ्गा सञ्चालनमा आउन सकेका छैनन् । जसले गर्दा उनिहरुको बिहानैदेखि साँझसम्म विद्यालयमा बित्छ ।
कर्णाली नदीमा पुल नहुँदा त्यस क्षेत्रका विद्यार्थीहरू वर्षेनी वर्षाको समयमा विद्यालय आउन सक्दैनन् । कर्णाली नदीमा पुल निर्माण गर्नुपर्ने र तत्कालका लागि छात्रवासको व्यवस्था गर्नुपर्ने विद्यार्थीको माग छ ।
विद्यालय पुग्न नसक्ने अवस्था भएकाले स्थानीय सरकारले छात्रबासको व्यवस्था गर्नुपर्ने उनहरुले बताए। त्यस्तै चौकुने गाउँपालिका–१० केउडीबाट बिजौरा अध्ययन गर्न आउने विद्यार्थीहरू पनि पहिरोले बाटो अवरुद्ध भएपछि विद्यालय आउन सकेका छैनन् । स्थानीय सरकारले विद्यार्थीका समस्याप्रति चासो नदिएको विद्यार्थीको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस