भदौ ८, सुर्खेत । वीरेन्द्रनगर १० बेलघारीमा रहेको बधशालाको फोहोरबाट त्यहाँका मुश्लिम बस्तीका झण्डै एक दर्जन घरमा ग्याँस पुगेको छ ।
१०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट त्यहाँका नौ घरमा गतबर्षको पुसदेखि ग्याँस पुगेपनि अहिले करिव एक दर्जन घरमा बिस्तार गरिएको छ। सोही बायोग्याँसबाट मुश्लिम समुदायले खाना पकाउनुका साथै एउटा बत्ती पनि बाल्ने गरेका छन् ।
उक्त बायोग्यास प्लान्ट केपी व्यवसायिक सेवा प्रा लि संचालनमा ल्याएको हो । नेपालमै त्यही नै सवैभन्दा ठूलो र पहिलो सामुदायिक बायोग्यास निर्माण भएको दावी गरेको छ ।
प्रालिका प्रवन्ध निर्देशक कृष्णप्रसाद ढकालले नेपालमै त्यही नै सवैभन्दा ठूलो र पहिलो सामुदायिक बायोग्यास निर्माण भएको दावी गरेको छन् । १०० घनमिटरको बायोग्यासबाट अहिले संचालन भएपनि निकट भविश्यमा त्यसको क्षमता अझ बढाइने बताएका छन् ।
६ घनमिटरको प्लान्टमा २७ हजार, चार घनमिटरकोमा २५ हजार, दुई घनमिटरकोमा २० हजार र १२.५ घनमिटरभन्दा माथिकोमा उत्पादन मात्राको आधारमा २० हजारदेखि माथिसम्म अनुदान दिएको बताए। बधशालामा दैनिक पाँच वटा राँगा काटिने सो वधशालामा दैनिक एक क्वीन्टल फोहोर संकलन हुने गरेको छ । सो वधशालाबाट उत्पादन गरिएको ग्याँसले बजारिया ग्याँसलाई विस्थापित गर्न सफल भएको बताए।
घरघरमा ग्याँस प्रयोग गरेवापत प्रति घर परिवार रु ५०० का दरले मुश्लिम परिवारले बेलघारी सामुदायिक बायोग्यास उपभोक्ता समितिलाई शुल्क तिर्ने गरेका छन् ।
मासिक उठाएको शुल्क कोषमा राखेर मर्मत सम्भारमा खर्च गर्ने गरिएको समितिका अध्यक्ष धर्मराज विकले बताए। उनका अनुसार अहिलेसम्म सो बधशालाबाट करिव २०० सिलिण्डर ग्यास उत्पादन भइसकेको छ ।
१०० घनमिटरको बायोग्यास प्लान्टको क्षमता २५ घरपरिवारसम्मलाई खाना पकाउन मिल्ने बताइन्छ । बधशालाको फोहोरबाट उत्पादन भएको ग्याँस एकातिर खाना पकाउन प्रयोग गरिएको छभने अर्कोितर कम्पोष्ट मल विक्री गर्ने तयारी पनि भइरहेको छ ।
वधशाला निर्माणमा अहिलेसम्म २८ लाख खर्च भइसकेको र सरकारी अनुदान अहिलेसम्म प्राप्त नभएको गुनासो अध्यक्ष विकले गरे । बधशालामा २५ जनाले रोजगारी पाएका छन् ।
कर्णाली प्रदेशमा बनाउन चाहेमा उत्पादनको मात्रा हेरी २० हजारदेखि २७ हजारसम्म अनुदानको व्यवस्था छ । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्याँस पु¥याउने नीति सुर्खेतको बेलघारीको बायोग्यास प्लान्टले पनि पूरा गरेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस