भदौ ८, काठमाडौं । काठमाडौं उपत्यका भित्र सार्वजनिक सवारीसाधनमा अब यात्रुहरले सहज यात्रा गर्न पाउने भएका छन ।
एनसेल र रामलक्ष्मण इनाेभेसन्स प्रालीकाे सयुक्त सहकार्यमा “लेट्जगाे” नामक माेबायल एप सार्वजनिक भएकाे छ । याे एप प्रयाेग गरेर यात्रुहरुले विभिन्न रुटमा चल्ने बस अहिले कहाँ छन र अाफु बस चढ्ने ठाउँमा कति समयमा बस अाईपुग्छ भन्ने कुराकाे जानकारी लिन सक्ने छन ।
उक्त एपबाट सार्वजनिक बसबारे जानकारी लिन र अाफुलाई पायक पर्ने बस बिसाैनी मा गई बस चढ्न सक्ने छन । याे एप अाज शुक्रबारबाट सञ्चालनमा अाएकाे छ ।
एनसेलकाे सिमबाट याे एप सुचारु गरि कुनै पनि डाटा नेटवर्कमा रहि याे प्रयाेग गर्न सकिने छ । याे एप गुगुल प्ले स्टाेरबाट डाउनलाेड गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस