भदौ ८, सल्यान । सल्यानकाे बनगाड खोलामा माइक्रोबसले खोला पार गर्दा गर्दै बाढी अाएपछि यात्रुहरु हाम फालेर बच्न सफल भएका छन् ।
छिन्चु-जाजरकोट सडक खण्डको बनगाड खोलामा बिहिबार बेलुका ६ बजे तिर माइक्रोबसले खोला पार गर्दै गर्दा बाढी आएपछि यात्रुले गाडि भित्रैबाट हाम फालेका हुन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको माइक्रोबस बनगाड खोला तर्दै गर्दा बाढि आएको थियो । सबै यात्रुहरु छिटो छिटो हाम फालेर भागेका थिए ।
यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडि ढुङ्गामा अट्किए पछि खोलाले वगाउन सकेन । तत्तकालै डोजरको साहयताले खोलामा फसेको गाडि निकालिएको थियो । उक्त खोलामा निर्माणधिन पक्कीपुल यस अघि नै खोलाले वगाई सकेको छ ।
लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु- जाजरकोट सडक खण्डमा उक्त खोलाले दैनिक आवत जावतमा असर गरेरेको स्थानीय गाडि व्यवसाय नन्द पुनको दुखेको छ ।
सो सडक खण्डमा दैनिक २ हजारको संख्यामा आवत जावत गर्ने सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका नागरिकलाई प्रत्यक्ष असर गरेको अर्का स्थानीय दिपक यरि जानकारी दिएका छन ।
खोला पार गर्दा गर्दा सयौ गाडिहरुको इन्जीनमा पानी पसेर इन्जीन सिज हुने गरेको छ । खोला वढे पछि यातायातका साधान गन्तव्यमा नपुग्दा सयौ यात्रुहरु दैनिक दिन वाटोमै अलपत्र पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस