प्युठानमा विङ्गर दुर्घटना हुँदा ४ जना गम्भीर घाईते


भदौ ८, प्युठान । जिल्लाको बाग्दुला देखि दाङको भालुवाङ तर्फ जाँदै गरेको भे १ ज ८४३ नंम्बरको विङ्गर आज बिहान सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक दुर्घटना हुँदा चालकसहित ४ यात्रु गम्भिर घाइते भएका छन् ।

दर्भान-बड्डडाडा सडकखण्डको रातामाटामा विङ्गर दुर्घटना भएको हो । दुर्घटनामा विङ्गर चालक देउखुरीको राप्ती गाउपालिका २ का ३० बर्षिया मीन बहादुर नेपाली, माण्डवि-३ का ३५ बर्षिया मीन बहादुर खनाल, मरण्ठाना प्युठानका पुर्ण बहादुर थापा र तुलसीपुर उपमहानगरपालिकाका ३४ बर्षिया खिम बहादुर बिक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

गम्भीर घाईते चार जनाको दाङको भालुवाङमा प्राथमिक उपचारपछि भैरहवा रिफर गरिएको उनले बताए । दुर्घटनाग्रस्त विङ्गरमा १४ जना यात्रु सवार रहेका थिए। प्रहरीका अनुसार ओरालो र घुम्टी बाटोमा तिब्र गतिका कारण सो विङ्गर दुर्घटनामा परेको हो ।

२०७५ भाद्र ८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको